
नयाँ दिल्ली, १६ सेप्टेम्बर (हि.स.)। केन्द्र सरकारले केन्द्रिय चलचित्र प्रमाणीकरण बोर्ड (सीबीएफसी) को पुनर्गठन गरेको छ। सूचना तथा प्रसारण मन्त्रालयले बुधबार जारी गरेको अधिसूचनाअनुसार, नयाँ बोर्ड तत्काल प्रभावबाट तीन वर्ष वा अर्को आदेश जारी नभएसम्म, जुन अवधि पहिले समाप्त हुन्छ, त्यतिञ्जेल कायम रहनेछ।
नयाँ बोर्डमा चलचित्र तथा कला क्षेत्रसँग सम्बन्धित १८ जना सदस्यलाई समावेश गरिएको छ। यसमा अभिनेता मनोज जोशी, सुनील शेट्टी, प्रीति जिन्टा, पंकज त्रिपाठी, रूपाली गांगुली, पल्लवी जोशी, प्रोसेनजीत चटर्जी तथा निर्देशक प्रियदर्शनलगायत चलचित्र क्षेत्रका प्रमुख व्यक्तित्वहरू रहेका छन्।
मन्त्रालयका अनुसार, नयाँ १८ सदस्यीय बोर्डमा विनोद अनुपम, मनोज जोशी, अभिषेक जैन, रिकी केज, प्रियदर्शन, सुनील शेट्टी, हंसराज हंस, सुप्रिया यार्लागड्डा, यतिन्द्र मिश्र, रूपाली गांगुली, प्रीति जिन्टा, नीला माधब पाण्डा, पंकज त्रिपाठी, प्रोसेनजीत चटर्जी, पल्लवी जोशी, निशिगन्धा वाड, वामन केन्द्रे र रमेश पतांगे रहेका छन्।
सरकारले चलचित्रसम्बन्धी कानुन, १९५२ को धारा ३(१) तथा चलचित्रसम्बन्धी प्रमाणीकरण नियमावली, २०२४ को नियम ३ अन्तर्गत बोर्डको पुनर्गठन गरेको हो।
हिन्दुस्थान समाचार / बिशाल