
जलपाईगुड़ी, 17 सेप्टेम्बर (हि.स.)। फूलबाड़ी क्षेत्रमा भएको बाइक दुर्घटनामा एक जना युवकको मृत्यु भएको छ। मृतकको पहिचान दिपु रायको रूपमा भएको छ। भनिन्छ, दिपु बुधवार अबेर राति एक जना परिचित व्यक्तिलाई सिलगढ़ीको सेवक रोडमा छोड़ेर फर्किरहेका थिए। यसै क्रममा तीनबत्तीको नजिकमा पुगेर दुर्घटना भयो।
परिवार मुताविक गए बुधवार राति फूलबाड़ी पार्किङ्ग क्षेत्रमा विश्वकर्मा पूजाको विषयमा एक बैठक आयोजना गरिएको थियो। बैठक समाप्त भएपछि एक जना परिचितले दिपुसित आफूलाई सेवक रोडसम्म पुऱ्याइदिने अनुरोध गऱ्यो। दिपु ती व्यक्तिलाई बाइक मार्फत ठाउँमा पुऱ्याएर फर्किरहेको थिए।
परिवारको दाबी छ, परिचितलाई छोड़ेर फर्किँदा तीनबत्ती नजिक यो दुर्घटना भयो। तथापि दुर्घटनाको के कारणले भयो, बाइक कुनै वाहनसित ठोक्कियो, अहिलेसम्म स्पष्ट हुन सकेको छैन।
परिवार अनुसार राति लगभग अढ़ाई-तीन बजीबीच उनीहरूलाई दुर्घटना भएको जानकारी प्राप्त भयो। त्यसबेलासम्ममा पुलिसले घाइते दिपुलाई अस्पतालमा पुऱ्याइसकेको थियो। उपचारको क्रममा उनको मृत्यु भयो।
घटनापछि फूलबाड़ी-2 नम्बर ग्राम पञ्चायतको पश्चिम अमाईदिघी क्षेत्र शोकमा डुबेको छ। पुलिसले मामिलाको जाँच गर्न शुरू गरेको छ।
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा