
गुवाहाटी, 17 सेप्टेम्बर (हि.स.)। असमका मुख्यमन्त्री डा. हिमन्त बिस्व सरमाले बिहिवार प्रधानमन्त्री नरेन्द्र मोदीलाई जन्मदिनको शुभकामना दिँदै भने, प्रधानमन्त्रीको असमसित आत्मीय अनि गहिरो सम्बन्ध छ। सोशल मीडियामा साझा गरिएको पोस्टमा मुख्यमन्त्रीले भने, प्रधानमन्त्रीले देश-विदेशमा असमको पारम्परिक गमछालाई सम्मान पूर्वक धारण गरेर राज्यलाई वैश्विक मञ्चमा नयाँ पहिचान दिलाउनमा योगदान दिरहेका छन्।
मुख्यमन्त्रीले भने, प्रधानमन्त्री नरेन्द्र मोदीले असम यात्राको मामिलामा पनि एउटा रेकर्ड नै बनाएका छन्। वर्ष 2014-देखि नै प्रधानमन्त्रीको प्रत्येक असम यात्राले राज्यको लागि नयाँ आशा एवं सम्भावनाहरूको सन्देश लिएर आएको छ। असमका लागि स्वीकृत विभिन्न महत्वाकाङ्क्षी परियोजनाहरूलाई उनले प्रधानमन्त्रीको प्रतिबद्धताको प्रमाण बताए।
अर्को एउटा पोस्टमा डा. सरमाले प्रधानमन्त्रीलाई नयाँ भारत निर्माणको दिशामा काम गर्ने विश्व नेता बताउँदै भने, बितेका 25 वर्षदेखिको गुजरातदेखि लिएर देशभरि नै जनसेवाप्रति समर्पित रहेर उनले अन्त्योदय र मजबुत भारत निर्माण गर्ने सङ्कल्पलाई अगाड़ी बढ़ाएका छन्।
मुख्यमन्त्रीले भने, असम लगायत सम्पूर्ण पूर्वोत्तरप्रति प्रधानमन्त्रीको विशेष स्नेह अनि प्रतिबद्धता क्षेत्रको लागि प्रेरणाको श्रोत हो। उनले सम्पर्क व्यवस्थामा सुधार, औद्योगिक विकास, लाचित बरफूकनको वीरतालाई वैश्विक मञ्चमा उजागार गर्ने तथा चराइदेवको मैदामलाई यूनेस्को विश्व धरोहरको दर्जा प्राप्त भएको कुरा पनि उल्लेख गरे।
सरमाले भने, असमलाई चुनौती आइलाग्दा प्रधानमन्त्रीले दिएका सहयोग अनि मार्गदर्शनले राज्यलाई जनसेवाको लागि अझ मजबुत रूपमा अगाड़ि बढ़्ने मनोबल दिँदै आइरहेको छ। उनले प्रधानमन्त्रीको जन्मदिनमा माँ कामाक्या र महापुरूष श्रीमन्त शङ्करदेवसित उनको सुस्वास्थ्य, मनोबल र दीर्घायुको निम्ति प्रार्थना गरे।
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा