
आसनसोल, 17 सेप्टेम्बर (हि.स.)। बङ्गाल-झारखण्ड सीमाको कुल्टी थाना अन्तर्गत चौराङ्गी फाँड़ीको डिबुडिह चेकपोस्ट निकट एनएच-19 को पार्किङ्ग क्षेत्रमा गए बुधवार राति कोइला लादिएको एउटा ट्रकमा अचानक आगो लाग्नाले खैलाबैला मचियो। घटनापछि राष्ट्रिय राजमार्ग संलग्न पार्किङ्ग क्षेत्रमा केही समयसम्म सन्त्राषपूर्ण माहोल उत्पन्न भयो।
ट्रक चालक एमडी. सिराज अनुसार तिनी झारखण्डको निरसादेखि कोइला रोड गरेर राणाघाट गइरहेका थिए। डिबुडिह चेकपोस्टको छेउमा पार्किङ्गमा राखिएको ट्रक अचानक आगो लाग्यो। हेर्दा-हेर्दै ट्रकबाट धुँवा निक्लिन थाल्यो अनि वरिपरी पनि फैलियो जसले गर्दा त्यहाँ अवस्थित अन्य वाहन चालकहरू र व्यापारीहरूमा खैलाबैला मचियो।
घटनाको सूचना पाए लगत्तै स्थानीय चालक अनि व्यापारीहरूले आगोलाई निभाउन घटनास्थलमा पुगे। यसको साथै चौराङ्गी फाँड़ी पुलिसलाई पनि जानकारी दिइयो। सूचना पाउनसाथ पुलिसले घटनास्थलमा पुगेर स्थानीय मानिसहरूको सहयोगमा आगोलाई निभाउने प्रयास शुरू गरे।
यसैबीच दमकल विभागको एउटा वाहन पनि घटनास्थलमा पुग्यो। दमकल कर्मीहरूको तत्परताले आगोलाई पूर्ण रूपले नियन्त्रण गरियो।
समयमै आगोलाई नियन्त्रण गरिएको कारमले घटनामा कुनै पनि प्रकारको जनहानि भएको सूचना प्राप्त भएको छैन।
चालकले दाबी गऱ्यो, ट्रकमा लादिएको कोइलासित सम्बन्धित सबै दस्तावेज वैध थियो। तथापि पार्किङ्ग क्षेत्रमा खड़ा ट्रकमा आगो आखिर कुन परिस्थितिमा लाग्यो, यसको कारण हाल स्पष्ट हुन सकेको छैन। आगलागीको कारण पत्तो लगाउन दमकल विभाग र कुल्टी थाना पुलिसद्वारा जाँच गरिँदैछ।
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा