प्रधानमन्त्री नरेन्द्र मोदीको जन्मदिनमा मुख्यमन्त्री शुुभेन्दु अधिकारीले दिए शुभकामना
प्रधानमन्त्री नरेन्द्र मोदीको जन्मदिनमा मुख्यमन्त्री शुुभेन्दु अधिकारीले दिए शुभकामना


कोलकाता, 17 सेप्टेम्बर (हि.स.)। पश्चिम बङ्गालका मुख्यमन्त्री शुभेन्दु अधिकारीले बिहिवार प्रधानमन्त्री नरेन्द्र मोदीको जन्मदिनको अवसरमा उनलाई शुभकामना दिए। उनले सोशल मिडियामा सन्देश साझा गरी प्रधानमन्त्रीप्रति सम्मान व्यक्त गर्नका साथै प्रधानमन्त्रीको दीर्घायु, सुस्वास्थ्य एवं देश सेवामा निरन्तर सफलताको कामना गरे।

आफ्नो सन्देशमा मुख्यमन्त्री शुभेन्दु अधिकारीले प्रधानमन्त्री नरेन्द्र मोदीलाई विश्वकै प्रभावशाली नेताहरूमध्ये एक बताउँदै जन्मदिनको हार्दिक शुभकामना दिए। उनले अझ भने, प्रधानमन्त्रीलाई दीर्घायु, सुस्वास्थ्य र राष्ट्रको सेवामा निरन्तर सफलता दिउन् भनी उनी ईश्वरसित प्रार्थना गर्दछन्।

मुख्यमन्त्रीले आफ्न सन्देशमा यो पनि कामना गरे, प्रधानमन्त्री नरेन्द्र मोदीको नेतृत्वमा देशले आगामी दिनहरूमा पनि प्रगति गरिरहनेछन्।

प्रधानमन्त्री नरेन्द्र मोदीको जन्मदिन हरेक वर्ष 17 सप्टेम्बरमा मनाइन्छ भने यस अवसरमा देशभरिबाटै राजनीतिक नेता अनि विभिन्न क्षेत्रका हस्तिहरूले उनलाई शुभकामना दिएका छन्।

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande