
शिमला, १७ सेप्टेम्बर (हि.स.)। हिमाचल प्रदेशको शिमला जिल्ला स्थित रामपुर क्षेत्रमा पुलिसले अवैध रक्सीको कारोबार तथा ओसारपसार विरुद्ध कारबाही गर्दै दुई जनादेखि लगभग १ हजार ४८८ बोतल रक्सी तथा बियर जफत गरेको छ। पुलिसले दुवै जना विरुद्ध हिमाचल प्रदेश आबकारी अधिनियम अन्तर्गत मुद्दा दर्ता गरेको छ।
पुलिस अनुसार, रामपुर थाना क्षेत्र अन्तर्गत गस्ती तथा सवारीसाधन जाँच गर्ने क्रममा उमरी मोड़मा दुई जनालाई रोकेर जाँच गरियो। उनीहरूको खानतलासी गर्दा ठूलो परिमाणमा रक्सी र बियर जफत भयो। पक्रा पर्नेमा रामपुर निवासी २९ वर्षीय दीपक भारद्वाज र सुखा नन्द रहेका छन्।
जफत रक्सीको खेपमा उना नम्बर–०१ को १ हजार १४० बोतल, थन्डर बोल्ट बियरका १०८ बोतल, ओल्ड मोङ्कका ९६ बोतल, आइकोनिक ह्वाइटका ६० बोतल तथा रोयल स्ट्यागका ८४ बोतल रहेका छन्।
पुलिसका एक अधिकारीले बिहिवार जफत रक्सी तथा बियर कब्जामा लिइएको जानकारी दिए। दुवै आरोपीहरू विरुद्ध हिमाचल प्रदेश आबकारी अधिनियम अन्तर्गत कानूनी कारबाही अघि बढ़ाइएको छ। रक्सीको उक्त खेपसँग सम्बन्धित थप तथ्यबारे अनुसन्धान भइरहेको पुलिसले जानकारी गराएको छ।
हिन्दुस्थान समाचार / भवानी थामी