
दक्षिण दिनाजपुर, 17 सेप्टेम्बर (हि.स.)। दक्षिण दिनाजपुर जिल्लाको बालुरघाट सूचना एवं सांस्कृतिक विभाग (डीआइसी)-को कार्यालय परिसरमा राति कथित रूपमा आयोजित पिकनिकलाई लिएर रड़ाँको मचिएको छ। आरोप छ, सूचना एवं सांस्कृतिक विभागसित सम्बन्धित सरकारी कार्यालयको परिसरमा गए बुधवार राति पिकनिक जस्तै आयोजन गरियो जहाँ मासु पकाउनेदेखि लिएर म्युटिक सिस्टम बजाउनेसम्मको व्यवस्था गरिएको थियो। यस सम्पूर्ण मामिलाको एउटा भिडियो सोशल मिडियामा भाइरल भएपछि सरकारी कार्यालयको प्रयोगलाई लिएर प्रश्न उठिरहेको छ।
भाइरल भीडियोमा कार्यालय परिसरभित्र खाना पकाउने तयारी तथा म्युजिक सिस्टम राखेको स्पष्ट देखिन्छ। भीडियो सार्वजनिक भएपछि प्रश्न उठिरहेको छ, सरकारी कामकाजको लागि प्रयोग हुने कार्यालय परिसरमा राति यसरी निजी आयोजन कसको अनुमतिमा गरिएको हो?
मामिला सार्वजनिक भएपछि एबीआरएसएमका सदस्यहरूले पनि यस सम्बन्धमा जानकारी जुटाउन शुरू गरेका छन्। सङ्गठनले आऱोप लगाएको छ, सरकारी कार्यालयलाई यसरी निजी आयोजनको लागि उपयोग गर्नु उचित होइन। सङ्गठनको दाबी छ, मामिलाको जानकारी सम्बन्धित विभागका डीआई र पुलिस प्रशासनलाई पनि दिइएको छ।
तथापि यस आयोजनमा वास्तवमा को-को सामेल थिए, सरकारी कर्मचारीहरू संलिप्त थिए-थिएन तथा कार्यालय परिसरमा कार्यक्रम आयोजना गर्ने अनुमति कसले दिएको थियो, यी प्रश्नहरू अनुत्तरित नै छन्। भाइरल भिडियोको सत्यता अनि सम्पूर्ण मामिलाको वास्तविक स्थिति पनि जाँच गरेपछि स्पष्ट हुनेछ।
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा