प्रधानमन्त्री मोदीको जन्मदिनमा नितिन नवीनले दिए शुभकामना, ‘आशीर्वादको दीप’ बाल्न अपील
प्रधानमंत्री नरेंद्र मोदी


नयाँ दिल्ली, १७ सेप्टेम्बर (हि.स.)। भारतीय जनता पार्टीका राष्ट्रिय अध्यक्ष नितिन नवीनले प्रधानमन्त्री नरेन्द्र मोदीलाई जन्मदिनको अवसरमा शुभकामना दिँदै उनको उत्तम स्वास्थ्य, दीर्घायु तथा निरन्तर राष्ट्रसेवाका लागि शक्ति प्राप्त होस् भन्ने कामना गरेका छन्। उनले प्रधानमन्त्री मोदीलाई १४० करोड देशवासीको नेतृत्वकर्ता तथा राष्ट्रसेवाको प्रतीकका रूपमा उल्लेख गरेका छन्।

नितिन नवीनले बिहीबार सामाजिक सञ्जालमा भिडियो साझा गर्दै ‘राष्ट्र प्रथम’ को संकल्पसहित प्रधानमन्त्री नरेन्द्र मोदीको सार्वजनिक जीवनको यात्रा सेवा, सुशासन र जनकल्याणको प्रेरणादायी गाथा रहेको बताएका छन्। उनले यो यात्रा केवल एक व्यक्तिको नभई देशवासीका सामूहिक सपनालाई दिशा दिने यात्रा पनि रहेको उल्लेख गरेका छन्।

भाजपा अध्यक्षले प्रधानमन्त्रीको मार्गदर्शनमा भारतले विकास र आत्मनिर्भरताका नयाँ आयाम स्थापित गर्दै विश्व मञ्चमा आफ्नो पहिचान र सामर्थ्यलाई निरन्तर सुदृढ बनाउँदै गएको बताएका छन्। उनले प्रधानमन्त्री मोदीलाई उत्तम स्वास्थ्य, दीर्घायु तथा निरन्तर राष्ट्रसेवाका लागि शक्ति प्राप्त होस् भनी ईश्वरसँग प्रार्थना गरेका छन्।

यसअघि प्रधानमन्त्रीको सार्वजनिक जीवनको २५ वर्ष पूरा भएको अवसरमा नितिन नवीनले देशवासीलाई बिहीबार साँझ ६ बजीदेखि ७ बजेसम्म आ-आफ्नो घरमा ‘आशीर्वादको दीप’ बाल्न अपील गरेका छन्। यस अभियानमार्फत प्रधानमन्त्री मोदीप्रति शुभकामना तथा आशीर्वाद व्यक्त गर्न आह्वान गरिएको छ।

नितिन नवीनले उज्जैनस्थित रामघाटमा ‘आशीर्वादको दीप’ बालेर यस कार्यक्रमको शुरुवात गर्ने बताइएको छ। साथै, उनले बिहीबार बिहान भाजपा मुख्यालयमा आयोजित रक्तदान शिविरको उद्घाटन गर्ने कार्यक्रम रहेको छ।

हिन्दुस्थान समाचार / भवानी थामी


 rajesh pande