मदुरै मीनाक्षी अम्मन मन्दिरमा भव्य महाकुम्भाभिषेक सम्पन्न, लाखौँ श्रद्धालुले गरे दर्शन
विश्व प्रसिद्ध मदुरै मीनाक्षी अम्मन मंदिर


मदुरै, १७ सेप्टेम्बर (हि.स.)। विश्वप्रसिद्ध मीनाक्षी अम्मन मन्दिरमा बिहीबार भव्य रूपमा महाकुम्भाभिषेक समारोह सम्पन्न भएको छ। धार्मिक आयोजनालाई ध्यानमा राख्दै मन्दिरमा करिब २५ करोड रुपियाँको लागतमा जीर्णोद्धार कार्य सम्पन्न गरिएको छ। यस क्रममा आगलागीबाट क्षतिग्रस्त वीर वसन्तरायर मण्डपको समेत पुनर्निर्माण गरिएको छ।

महाकुम्भाभिषेकका लागि उत्तर आडी वीथीमा १८४ वटा कुण्डसहितको विशाल यज्ञशाला निर्माण गरिएको थियो। यहाँ ११ सेप्टेम्बरदेखि विशेष कालपूजा आयोजना हुँदै आएको थियो, जसमा ४०० भन्दा बढी शिवाचार्य सहभागी थिए।

बिहीबार बिहान ७ बजेर ४० मिनेटमा मन्दिरका गोपुरहरूको कुम्भाभिषेक गरिएको थियो। त्यसपछि बिहान ८ बजेर १० मिनेटमा मीनाक्षी अम्मन तथा ८ बजेर ५० मिनेटमा सुन्दरेश्वररलाई पवित्र जल अर्पण गरिएको थियो। यससँगै मन्दिरको महाकुम्भाभिषेक समारोह विधिवत् रूपमा सम्पन्न भयो।

समारोहमा ठूलो संख्यामा श्रद्धालुहरू सहभागी हुने अनुमानलाई ध्यानमा राख्दै प्रशासनले व्यापक सुरक्षा व्यवस्था गरेको थियो। मन्दिर तथा छेउछासका क्षेत्रमा ठूलो संख्यामा सुरक्षाकर्मी परिचालन गरिएको थियो।

समारोहअन्तर्गत बिहीबार साँझ ७ बजी चारवटै मासी वीथीमा स्वामीको भव्य शोभायात्रा निकालिनेछ। शोभायात्रालाई ध्यानमा राख्दै मन्दिर तथा छेउछाउका क्षेत्रमा विशेष व्यवस्था गरिएको छ।

हिन्दुस्थान समाचार / भवानी थामी


 rajesh pande