नेपाली सेना प्रमुख सिग्देलले चिनियाँ रक्षामन्त्री डोङ जुनसँग शिष्टाचार भेट गरे
नेपाल और चीन के आर्मी चीफ की मुलाकात


काठमाडौँ, १८ सेप्टेम्बर (हि.स.)। चीनको औपचारिक भ्रमणमा रहेका नेपाली सेनाका प्रधान सेनापति जनरल अशोकराज सिग्देलले चिनियाँ रक्षामन्त्री एडमिरल डोङ जुनसँग शिष्टाचार भेटवार्ता गरेका छन्।

भेटवार्ताका क्रममा दुवै पक्षबीच आपसी हित तथा दुई देशबीचको सैन्य सम्बन्धसँग सम्बन्धित विभिन्न विषयमा छलफल भएको नेपाली सेनाको सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ।

प्रधान सेनापति सिग्देलले शुक्रबार चीनको राष्ट्रिय रक्षा विश्वविद्यालयको निरीक्षण भ्रमणसमेत गरे। यसका साथै उनले बेइजिङमा आयोजित १३औँ बेइजिङ स्याङसान मञ्चको उद्घाटन सत्रमा पनि सहभागिता जनाएका छन्।

हिन्दुस्थान समाचार / बिशाल


 rajesh pande