नेपाल विपद् : २.५ करोड घनमिटर हिउँ २ हजार मिटर तल खस्यो, विस्फोटजस्तै प्रभाव
जहां बर्फ की चट्टान गिरी उस स्थान का सेटेलाइट तस्वीर


काठमाडौं, 02 सेप्टेम्बर (हि.स.)। नेपालका रसुवागढीमा विनाशकारी बाढी आउनुको कारण मानिएको हिमपर्वत खसेको (ग्लेसियर कोल्याप्स) घटनाको भयावहता यसबाटै अनुमान गर्न सकिन्छ कि करिब २.५ करोड घनमिटर हिउँ तथा हिमखण्ड करिब २ हजार मिटर तल खसेको थियो। विज्ञहरूका अनुसार, यस घटनाबाट आसपासको क्षेत्रमा ठूलो ऊर्जा उत्पन्न भएको थियो, जसको प्रभाव बम विस्फोटजस्तै रहेको थियो।

लाङटाङ लिरुङको उत्तरमा हिमपहिरो र बाढीको अध्ययन गरिरहेका त्रिभुवन विश्वविद्यालयको भूगर्भशास्त्र केन्द्रिय विभागका प्राध्यापक डा. रञ्जनकुमार दाहालका अनुसार, हिउँको विशाल थुप्रो केवल तल खसेको मात्र नभई यसले आसपासको क्षेत्रमा व्यापक क्षति पुर्‍याउने किसिमको विस्फोटसमेत गराएको थियो।

डा. दाहालले स्याटेलाइट तथ्यांकको विश्लेषण तथा निकै न्यून अनुमानका आधारमा पनि करिब २.५ करोड घनमिटर हिउँ तल खसेको पुष्टि हुने बताएका छन्। उनका अनुसार, करिब २ हजार मिटर तल खस्ने क्रममा उक्त हिउँको थुप्रोबाट उत्पन्न ऊर्जाको प्रभाव बम विस्फोटजस्तै रहेको हुन सक्छ। यस घटनाबाट उत्पन्न कम्पनलाई ५.२ रिक्टर स्केलको भूकम्पका रूपमा समेत रेकर्ड गरिएको थियो।

त्रिभुवन विश्वविद्यालयका अभियन्ता भूगर्भविद् डा. दाहालसँगै चीनको सांघाईस्थित टोंगजी विश्वविद्यालय, बेलायतको क्याम्ब्रिज विश्वविद्यालय तथा किङ्स कलेज लन्डन र इटालीको पादुआ विश्वविद्यालयका प्राध्यापकहरूले करिब एक वर्षअघिदेखि हिमालय तथा हिमाली क्षेत्रमा भइरहेका गतिविधिको अध्ययन शुरु गरेका थिए।

अध्ययनका क्रममा रसुवागढीको माथिल्लो तिब्बती क्षेत्रमा रहेको प्युरेपु हिमतालको सुप्राग्लेसियल लेक अर्थात् ग्लेसियरमाथि हालै बनेका साना जलकुण्ड तथा पोखरीहरू फुटेको पाइएको थियो। यसका कारण गत वर्ष पनि भोटेकोशी नदीमा बाढी आएको थियो।

त्यसपछि भूगर्भविद् तथा वैज्ञानिकहरूको टोलीले हिमाली क्षेत्रमा रहेका ग्लेसियरहरूमा भइरहेको हलचल र गतिविधिको अध्ययन शुरु गरेको थियो। यही अध्ययनका क्रममा गत बुधबार अचानक विनाशकारी बाढी आएपछि टोलीका केही सदस्य हिमपैह्रो तथा बाढीको अध्ययनमा जुटेका छन्।

प्राध्यापक दाहालका अनुसार, प्राप्त स्याटेलाइट तथ्यांकको विश्लेषणबाट हिमपहिरोको लम्बाइ करिब १.३ किलोमिटर रहेको देखिन्छ। यसले तलतर्फ करिब ५०० देखि ८०० मिटर क्षेत्रलाई आफ्नो चपेटामा पार्दै सफा गरेको थियो।

यद्यपि वैज्ञानिकहरूले अहिलेसम्म हिउँको थुप्रोको वास्तविक मोटाइ स्पष्ट रूपमा निर्धारण गर्न सकेका छैनन्। उपलब्ध विवरणका आधारमा उनीहरूले खसेको हिउँको थुप्रो करिब ६० देखि ७० मिटर बाक्लो रहेको अनुमान गरेका छन्।

यस आधारमा हिउँ तथा हिमखण्डको आयतन अनुमान गर्दा करिब ४ करोड घनमिटर सामग्री तल खसेको हुन सक्ने देखिएको छ। यद्यपि, प्राध्यापक दाहालले निकै न्यून अनुमानका आधारमा पनि कम्तीमा २.५ करोड घनमिटर हिउँ तल खसेको बताएका छन्। अर्कोतर्फ, केही अन्य विज्ञहरूले प्रारम्भिक रूपमा १० करोड घनमिटरसम्म हिउँ खसेको अनुमान गरेका छन्।

२.५ करोड घनमिटर हिउँको आयतन कति विशाल छ भन्ने अनुमान यसबाट गर्न सकिन्छ कि यसले लन्डनको वेम्बली स्टेडियम करिब २२ पटक भरिन सक्छ। यो मात्रा इजिप्टको प्रसिद्ध पिरामिडको भन्दा करिब १० गुणा बढी रहेको बताइएको छ।

हिउँको आयतनको वैज्ञानिक अध्ययन गरिरहेका विज्ञहरूका अनुसार, वास्तविक रूपमा तल खसेको हिउँको मात्रा यी प्रारम्भिक अनुमानभन्दा पनि धेरै हुन सक्ने सम्भावना छ।

हिन्दुस्थान समाचार / बिशाल


 rajesh pande