नेपालका विदेशमन्त्री शिशिर खनाल आज साँझ न्यूयोर्क प्रस्थान गर्ने
नेपाल के विदेश मंत्री शिशिर खनाल


काठमाडौं, २० सेप्टेम्बर (हि.स.)। नेपालका विदेशमन्त्री शिशिर खनाल संयुक्त राष्ट्रसंघको महासभाको ८१औँ सत्रमा सहभागी हुन आइतबार साँझ न्यूयोर्क प्रस्थान गर्ने भएका छन्। उनीसँगै नेपाली प्रतिनिधिमण्डल पनि अमेरिका जानेछ। खनाल र प्रतिनिधिमण्डल आइतबार साँझ ६ बजी न्यूयोर्कका लागि प्रस्थान गर्ने जानकारी उनका प्रेस सल्लाहकार जगदीश्वर पाण्डेले दिएका छन्।

नेपालको विदेश मन्त्रालयका अनुसार, खनालले संयुक्त राष्ट्रसंघ महासभाको उच्चस्तरीय सत्रका क्रममा विभिन्न उच्चस्तरीय बैठक तथा मन्त्रीस्तरीय कार्यक्रममा सहभागिता जनाउनेछन्। यस क्रममा उनले आफ्ना समकक्षी तथा विभिन्न देशका वरिष्ठ अधिकारीहरूसँग द्विपक्षीय बैठकसमेत गर्नेछन्।

यसैबीच, नेपालका प्रधानमन्त्री बालेन्द्र शाहले १४ सदस्यीय नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै २२ सेप्टेम्बरमा अमेरिका प्रस्थान गर्नेछन्। प्रधानमन्त्री शाहले २४ सेप्टेम्बरमा संयुक्त राष्ट्रसंघ महासभालाई सम्बोधन गर्ने कार्यक्रम रहेको छ।

संयुक्त राष्ट्रसंघ महासभाको ८१औँ सत्रको उच्चस्तरीय खण्डमा विश्वका विभिन्न देशका राष्ट्राध्यक्ष, सरकार प्रमुख तथा वरिष्ठ सरकारी प्रतिनिधिहरू सहभागी भइरहेका छन्। यस क्रममा प्रमुख अन्तरराष्ट्रिय मुद्दा तथा विश्वव्यापी चुनौतीमाथि छलफल गरिनेछ।

हिन्दुस्थान समाचार / बिशाल


 rajesh pande