जालझेल गरेको आऱोपमा अस्पतालका कर्मचारी सहित दुई जना पक्राउ
जालझेल गरेको आऱोपमा अस्पतालका कर्मचारी सहित दुई जना पक्राउ


सिलगढ़ी, 21 सेप्टेम्बर (हि.स.)। सरकारी जमीनलाई लीजमा दिलाउने नाममा जिल्लाधिकारी एवं भूमि एवं भू-राजस्व अधिकारीको कथित जाली हस्ताक्षर भएको दस्तावेज बनाएको आरोपमा नक्सलबाड़ी अस्पतलाको एकजना ग्रुप-सी कर्मचारीलाई पक्राउ गरिएको छ। पुलिसले उसको सहयोगीलाई पनि पक्राउ गरेको छ।

पुलिस सूत्र अनुसार पक्रा पर्ने अस्पताल कर्मचारीको पहिचान गौतम दत्तको रूपमा भएको छ भने उसको सहयोगी शुभम घोषलाई पनि पक्राउ गरिएको छ। सोमवार दुवैलाई सिलगढ़ी अदालतमा पेश गरियो।

आरोप छ, बागडोगराका एकजना व्यवसायीलाई सरकारी जमीनलाई लीजमा दिलाउने भरोसा दिलाएर गौतमले कथित रूपमा जाली प्रक्रियाको माध्यमबाट दस्तावेज बनायो अनि यसको सट्टामा 17 लाख रुपियाँ लियो।

भनिन्छ, दस्तावेज पाएपछि व्यवसायी जिल्लाधिकारी कार्यालयमा गए जहाँ सम्पूर्ण मामिलाको खुलासा भयो। त्यसपछि नक्सलबाड़ी थानामा सिकायत दर्ता गरियो। सिकायतको आधारमा पुलिसले बिहान सवेरै नक्सलबाड़ी अस्पतालका कर्मचारी गौतम दत्त र उसको सहयोगी शुभम घोषलाई पक्राउ गऱ्यो।

पुलिसले आशङ्का व्यक्त गरेको छ, यस मामिलामा अन्य मानिसहरू पनि सामेल हुनसक्छ। पुलिस मामिलाको जाँचमा जुटेको छ।

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande