61.937 किलो गाँजासितै तस्कर पक्राउ
61.937 किलो गाँजासितै तस्कर पक्राउ


कछार (असम), 21 सेप्टेम्बर (हि.स.)। मादक पदार्थहरूको तस्करी भइरहेको सूचना पाएपछि कछार पुलिसले नागापट्टी स्टेशन रोडमा एउटा वाहनलाई रोकेर जाँच गऱ्यो। जाँचमा 61.937 किलोग्राम संदिग्ध गाँजा भेटियो, त्यसपछि गाँजासितै एकजना व्यक्तिलाई पक्राउ गरियो।

पुलिसद्वारा आज दिइएको जानकारी अनुसार सेतो रङ्गको मारूति अल्टो 800 कार (पञ्जीकरण सङ्ख्या एएस-11-पी-7357) लाई रोकेर जाँच गरियो। जाँचमा संदिग्ध गाँजा भेटिएपछि गाँजासितै वाहन चालक रञ्जीत देव बर्मा, पुत्र शान्ति देव बर्मा, निवासी करमछड़ा, थाना मनुघाट, जिल्ला धलाई (त्रिपुरा) लाई पक्राउ गरियो।

वाहनको जाँच गर्दा चार वटा ब्याग भेटियो जसमा खैरो रङ्गको टेपले पोको पारेको 45 वटा प्याकेट भेटियो। यी प्याकेटहरूमा अलग-अलग मात्रामा संदिग्ध गाँजा राखिएको थियो। जफत गरिएको गाँजाको वजन 61.937 किलोग्राम रहेको छ जसको अनुमानित बजार मूल्य लाखौं रुपियाँ रहेको बताइएको छ।

पुलिसले एनडीपीएस अधिनियम अन्तर्गत निर्धारित प्रक्रियालाई पालन गर्दै संदिग्ध मादक पदार्थ र वाहनलाई जफत गरेको छ। यस मामिलामा अग्रिम कानूनी कारबाही गरिँदैछ।

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande