अल्पसङ्ख्यक क्षेत्रमा 10 लाख भोटले परास्त भएपछि बदरुद्दीन अजमल अप्रासङ्गिक भएका छन्: पीयूष हजारिका
अल्पसङ्ख्यक क्षेत्रमा 10 लाख भोटले परास्त भएपछि बदरुद्दीन अजमल अप्रासङ्गिक भएका छन्: पीयूष हजारिका


नगाउँ (असम), 21 सेप्टेम्बर (हि.स.)। असम सरकारका मन्त्री पीयूष हजारिकाले सोमवार दाबी गरे, अल्पसङ्ख्यक बहुल क्षेत्रहरूमा ठूलो अन्तरले परास्त भएपछि एआईयूडीएफ प्रमुख बदरुद्दीन अजमल अब राजनीतिक रूपले अप्रासङ्गिक भएका छन्।

सामागुड़ीमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै हजारिकाले कङ्ग्रेसको स्थितिलाई पनि दयनीय बताए। उनले दाबी गरे, सामागुड़ी विधानसभा क्षेत्रमा कङ्ग्रेस नेता रकिबुल हुसैनको स्थिति अत्यन्त कमजोर छ।

सोही कार्यक्रममा 2,000 भन्दा अधिक मानिसहरू भाजपामा सामेल भएको दाबी पार्टीद्वारा गरिएको छ। यता धिङ्गमा पनि ठूलो सङ्ख्यामा अल्पसङ्यक समुदायका मानिसहरू भाजपामा सामेल भएको खबर प्राप्त भएको छ।

यसबीच नगाउँ लोकसभा उपचुनाउलाई ध्यानमा राखेर भाजपा उम्मेद्वार देवाशिष शर्माले आफ्नो प्रचार अभियानलाई तीव्रता दिएका छन्। पार्टीले अल्पसङ्ख्यक बहुल क्षेत्रहरूमा पनि जनसम्पर्कलाई विस्तार गरिरहेको छ।

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande