भारत सङ्कल्प अभियान अन्तर्गत फकिराग्राम नगरपालिकामा विशेष स्वच्छता अभियान
भारत सङ्कल्प अभियान अन्तर्गत फकिराग्राम नगरपालिकामा विशेष स्वच्छता अभियान


कोकराझार (असम), 21 सेप्टेम्बर (हि.स.)। भारत सङ्कल्प अभियानको अवसरमा फकिराग्राम नगरपालिकाको तत्वावधानमा सोमवार विशेष स्वच्छता अभियान सञ्चालन गरियो। अभियान अन्तर्गत नगरपालिका कार्यालय परिसरसँगसँगै विभिन्न वार्डहरू एवं फकिराग्रामका केही ठाउँहरूमा सर-सफाई गरियो।

फकिराग्राम नगरपालिकाकेा उप-नगराध्यक्ष प्रणव शर्माको नेतृत्वमा आयोजित यस अभियानमा नगरपालिकाका सबै वार्ड पार्षदगण, सफाईकर्मीहरू, अधिकारहरू एवं कर्मचारीहरूको साथमा स्थानीय नागरिकहरूले सक्रिय रूपमा भाग लिए। अभियान अवधि सार्वजनिक स्थलहरूको सर-सफाई गर्नका साथै स्वच्छता एवं पर्यावरण संरक्षणप्रति मानिसहरूलाई जागरूक गराइयो।

यस अवसरमा उप-नगराध्यक्ष प्रणव शर्माले भने, स्वच्छता नगरपालिका प्रशासनको जिम्मेवारी मात्र होइन, यसमा प्रत्येक नागरिकको सहभागिता र जागरूकताको खाँचो छ। उनले मानिसहरूलाई आफ्नो वरिपरीको क्षेत्रलाई नियमित रूपमा स्वच्छ राख्ने अनि फोहोरहरूलाई निर्धारित स्थानमा फाल्ने अपील गरे। उनले भने, सामूहिक प्रयासबाटै स्वच्छ, स्वस्थ एवं सुन्दर वातारण निर्माण गर्न सम्भव हुनेछ।

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande