
नयाँ दिल्ली, 21 सेप्टेम्बर (हि.स.)। दिल्लीकी मुख्यमन्त्री रेखा गुप्ता लगायत केही नेताहरूले दिल्लीका मेयर प्रवेश वाहीको आमाको निधनमा गहिरो शोक व्यक्त गर्दै दिवङ्गत आत्मालाई श्रद्धाञ्जली अर्पण गरे।
मुख्यमन्त्री रेखा गुप्ताले सोमवार एक्स पोस्टमा भनिन्, मेयर प्रवेश वाहीकी आमाको अन्तिम संस्कारमा सम्मिलित भएर श्रद्धासुमन अर्पण गरियो। दुःखको यस घड़ीमा उनको संवेदना प्रवेश वाही र समस्त शोकाकुल परिवारको साथमा छ। मुख्यमन्त्रीले ईश्वरसित दिवङ्गत पुण्यात्मालाई आफ्नो श्रीचरणमा स्थान दिने अनि परिवारजनलाई यस अपार दुःखलाई सहन गर्ने शक्ति प्रदान गरुन् भनी प्रार्थना गरिन्।
दिल्लीका शिक्षा मन्त्री आशिष सूदले राज रानी वाहीको निधनलाई दुःखदायी बताउँदै भने, यस कठिन घड़ीमा उनको संवेदना शोकाकुल परिवारको साथमा छ। मन्त्री मनजिन्दर सिंह सिरसाले भने, राज रानी वाहीको निधनको समाचार अत्यन्त दुःखदायी छ। सिरसाले वाहेगुरूसित दिवङ्गत आत्मालाई आफ्नो श्री चरणमा स्थान दिने अनि शोकाकुल परिवारलाई यस असीम दु-खलाई सहने सक्ति प्रदान गरून् भनी अरदास गरे।
दिल्ली नगरनिगमको स्थायी समितिकी अध्यक्ष सत्या शर्माले मेयर प्रवेश वाहीकी आमाको अन्तिम संस्कारमा सामेल भएर भावपूर्ण श्रद्धाञ्जली अर्पण गरिन्। उनले ईश्वरसित दिवङ्गत पुण्यात्मालाई आफ्नो श्रीचरणमा स्थान दिने अनि शोकाकुल परिवारलाई यस कठिन घड़ीमा धैर्य र शक्ति प्रदान गर्ने प्रार्थना गरिन्।
मेयर प्रवेश वाहीकी माता राज रानी वाहीको निधन गए आइतवार राती 8:30 बजे भएको हो। वाही परिवारद्वारा जारी शोक सूचना अनुसार राजरानी वाहीको अन्तिम यात्रा बिहान 9:30 बजे उनको निवास डी-277, प्रशान्त विहार, पीवीआरको छेउबाट प्रस्थान गरेर 10:30 बजे निगम बोध घाटमा पुग्यो जहाँ उनको अन्तिम संस्कार गरियो।
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा