सोनापुरको जुबिन क्षेत्र निकट ढाबामा तोड़फोड़, पाँच जना समातिए
सोनापुरको जुबिन क्षेत्र निकट ढाबामा तोड़फोड़, पाँच जना समातिए


गुवाहाटी, 21 सेप्टेम्बर (हि.स.)। सोनापुरस्थित जुबिन क्षेत्रको छेउमा न्यू सिटी ढाबामा कथित रूपमा तोड़फोड़ अनि तनाउ फैलाएको आरोपा पुलिसले पाँच जना युवकहरूलाई पक्राउ गरेको छ।

जानकारी अनुसार पहिलाबाटै मातेका युवकहरूले कथित रूपमा रक्सी नदिँदा रिसाएर ढाबामा बवाल मचाए अनि तोड़फोड़ गरे। घटनापछि पुलिसले कारबाही गर्दै पाँचै आरोपीहरूलाई पक्राउ गऱ्यो।

पक्रा पर्ने युवकहरूमा तीन जना माजुली जिल्ला निवासी हुन् भने दुई जना लखिमपुर जिल्लाका निवासी रहेको बताइएको छ। पुलिस मामिलाको जाँचमा जुटेको छ।

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande