भाइरल अडियो मामिलामा बहरमपुर थाना पुगे हुमायुँ कबीर, पुलिस समक्ष पेश भए
भाइरल अडियो मामिलामा बहरमपुर थाना पुगे हुमायुँ कबीर, पुलिस समक्ष पेश भए


मुर्शिदाबाद, 21 सेप्टेम्बर (हि.स.)। रेजीनगर विधानसभा उपचुनाउअघि भाइरल अडियो विवादको परिप्रेक्ष्यमा एजेयूपी प्रमुख तथा नउदाका विधायक हुमायुँ कबीर सोमवार बहरमपुर थानामा हाजिरी दिन पुगे। पुलिसले उनलाई बिहान 11 बजे थानामा उपस्थित हुने निर्देश दिएको थियो। हुमायुँ कबीर निर्धारित समयभन्दा अगाड़ि नै थानामा पुगेका थिए।

पुलिसले यो नोटिस गत 19 सेप्टेम्बरमा हुमायुँ ंकबीरको शक्तिपुरस्थित आवासमै पुगेर दिएको थियो। त्यसबेला हुमायुँ घरमा उपस्थित थिएनन् जसले गर्दा उनका छोरा तथा रेजीनगर उपचुनाउमा एजेयूपी उम्मेद्वार गोलाम नबी आजादले पुलिसको नोटिसलाई प्राप्त गरेका थिए।

मामिला हालैमा सार्वजनिक भएको एक विवादित अडियो क्लिपसित सम्बन्धित छ। पुलिस अनुसार अडियोमा दुई जना मानिसहरूमाझ कथित बातचित भइरहेको छ जसमा साम्प्रदायिक तनाउ फैलाउने कुरा भइरहेको आरोप छ। पुलिसले यस मामिलामा एकजना मानिसलाई पक्राउ गरेको छ। जाँचमा अडियोमा रहेको अर्को आवाज हुमायुँ कबीरको रहेको शङ्का व्यक्त गरिएको छ। तथापि सम्बन्धित मिडिया रिपोर्टले अडियोको स्वतन्त्र रूपमा सत्यताको पुष्टि गरेको छैन।

पुलिस सूत्र मुताविक यस मामिलामा हुमायुँ कबीरविरूद्ध भारतीय न्याय संहिता (बीएनएस)- को धारा 299, 148, 152, 192, 196(2) औ 61(2) अन्तर्गत मामिला दर्ता गरिएको छ। पुलिसको भनाइ छ, मामिलाको जाँचको सिलसिलामा उनीसित जाँचबुझ तथा आवश्यक जानकारी हासिल गर्नको लागि उनलाई बोलाइएको थियो।

हुमायुँ कबीरले थानामा पुग्नअघि मिडियासित बातचित गर्दै पुलिसको कारबाहीमाथि प्रश्न उठाए अनि यसलाई हैरान बनाउने प्रयास बताए। उनले पुलिसको कारबाहीलाई लिएऱ आफ्नो आपत्ति व्यक्त गर्दै आफूले जाँचमा पूर्ण सहयोग गर्ने बताए।

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande