कार चालकबाट भेटियो हेरोइन, अभियुक्त पक्राउ
पकड़ा गया आरोपी।


धर्मशाला, २१ सेप्टेम्बर (हि.स.)। कांगड़ा पुलिस जिल्ला अन्तर्गत गगलमा आइतवार अबेर राति कांगड़ा पुलिसको अपराध अनुसन्धान शाखाको टोलीले कार चालकबाट ७.२२ ग्राम हेरोइन जफत गरेको छ। पुलिसले आरोपी विरुद्ध गगल पुलिस थानामा एनडीपीएस एक्ट अन्तर्गत मुद्दा दर्ता गरी उसलाई पक्राउ गरेको छ।

अपराध अनुसन्धान शाखाको टोलीलाई प्राप्त गोप्य सूचनाका आधारमा गगल अन्तर्गत राजोल नजिक गज खड्ड पुलमा नाकाबन्दी गरी सवारीसाधन जाँच भइरहेको थियो। सो क्रममा एचपी–३६एफ–८९१५ नम्बरको बलेनो कारलाई रोकेर तलासी लिइएको थियो। तलासीका क्रममा कार चालकदेखि ७.२२ ग्राम हेरोइन जफत भएको पुलिसले जनाएको छ।

पुलिस टोलीले तत्काल कारबाही गर्दै आरोपी विरुद्ध एनडीपीएस एक्ट अन्तर्गत मुद्दा दर्ता गरी पक्राउ गरेको छ। अपराधमा प्रयोग गरिएको बलेनो कार समेत पुलिसले कब्जामा लिएको छ।

आरोपीको पहिचान गढ़ बनखण्डी, देहरा तहसिल, कांगडा जिल्लाका ३५ वर्षीय लकीका रूपमा भएको छ। कांगड़ा पुलिसले उसले उक्त हेरोइन कहाँबाट ल्याएको थियो र कसलाई आपूर्ति गर्ने तयारीमा थियो भन्ने विषयमा विस्तृत सोधपुछ गरिरहेको छ।

कांगड़ाका पुलिस अधीक्षक कुलभूषण वर्माले आरोपीलाई पक्राउ गरी गगल पुलिस थानामा मुद्दा दर्ता गरिएको र थप कानूनी कारबाही अघि बढ़िरहेको जानकारी दिए।

हिन्दुस्थान समाचार / भवानी थामी


 rajesh pande