
इम्फाल, 21 सेप्टेम्बर (हि.स.)। इम्फाल पश्चिम जिल्लामा सुरक्षा बलहरूले खोजी अभियान सञ्चालन गरी प्रचुर मात्राामा हतियार अनि विस्फोटक सामग्रीहरू जफत गरेको छ। पुलिसले आज बतायो, संयुक्त टीमले लामसाङ्ग थाना क्षेत्रको अखाम र लामडेङ्ग गाउँ संलग्न क्षेत्रहरूमा खोजी अभियान सञ्चालन गऱ्यो।
अधिकारीहरू अनुसार अभियानको क्रममा नौ वटा नौ एमएम पिस्तोल, एउटा स्थानीय रूपमा निर्मित लाथोड गन र दुई वटा बोल्ट-एक्शन सिङ्गल ब्यारल गन जफत गरियो। यस अतिरिक्त एउटा नम्बर-36 एचई ग्रेनेड र पाँच वटा टीएसएम पनि जफत गरियो।
यो अभियान इम्फाल पश्चिम सीडीओ र 33 असम राइफल्सको संयुक्त टीमद्वारा सञ्चालन गरिएको थियो। जफत गरिएका हतियार र विस्फोटकहरूको अग्रिम जाँच गरिँदैछ।
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा