
नवादा, २१ सेप्टेम्बर (हि.स.)। नवादा जिल्लाको रोह प्रखण्ड क्षेत्र अन्तर्गत रतोई गाउँ निवासी सहायक शिक्षक कौशलेन्द्र कुमार नवीनको शव सोमवार मन्दरा गाउँमा फेला परेको छ। बदमाशहरूले उनको हत्या गरी शव मन्दिर नजिक फालिदिएको बताइएको छ। संदिग्ध अवस्थामा भएको हत्याको घटनाले क्षेत्रमा सनसनी फैलिएको छ।
कौशलेन्द्र कुमार नवीन मध्य विद्यालय बारापाण्डेमा सहायक शिक्षकका रूपमा कार्यरत थिए।
बताइए अनुसार, उनी आइतवार साँझ घरबाट बाहिर निस्क्की थिए तर राति घर फर्केनन् । सोमवार पुलिसले शव फेला परेको सूचना पायो। मृतकको अनुहारमा गम्भीर चोटका निशान देखिएको पुलिसले जनाएको छ। पुलिसले शवलाई पोस्टमार्टमका लागि नवादा सदर अस्पताल पठाएको छ।
हत्याको कारण तथा घटनामा संलग्न व्यक्तिहरूको पहिचान गर्न पुलिसले विभिन्न पक्षबाट अनुसन्धान अघि बढ़ाइरहेको जनाएको छ।
हिन्दुस्थान समाचार / भवानी थामी