मुख्यमन्त्री तामाङको स्वामी धर्मबन्धुजीसँग भेटवार्ता
मुख्यमन्त्री तामाङको स्वामी धर्मबन्धुजीसँग भेटवार्ता


गान्तोक, २१ सेप्टेम्बर (हि.स.)। मुख्यमन्त्री प्रेमसिंह तामाङले गुजरातको राजकोटका श्री वैदिक मिशन ट्रस्टका संस्थापक तथा प्रेरणास्रोत स्वामी धर्मबन्धुजीसँग सोमबार आफ्नो सरकारी निवासमा भेटवार्ता गरेका छन्।

मुख्यमन्त्री तामाङले सामाजिक सञ्जालमार्फत दिएको जानकारीअनुसार, भेटका क्रममा ट्रस्टले भारतको समृद्ध सभ्यतागत विरासत, राष्ट्रिय भावना, सामाजिक सद्भाव तथा युवाको समग्र विकास प्रवर्द्धन गर्न गरिरहेको प्रेरणादायी कार्यबारे अर्थपूर्ण छलफल भयो।

भेटका क्रममा स्वामी धर्मबन्धुजीले गुजरातको राजकोटस्थित उपलेटा, प्रान्सलामा आगामी २ देखि १० जनवरी, २०२७ सम्म आयोजना हुने २७औँ राष्ट्र कथा शिविरमा सहभागी हुन निमन्त्रणा दिएको मुख्यमन्त्रीले बताएका छन्। मुख्यमन्त्रीले उक्त निमन्त्रणा स्वीकार गर्दै शिविरमा सहभागी हुन आफू उत्सुक रहेको बताए।

मुख्यमन्त्री तामाङले देशभरिका हजारौँ युवा विद्यार्थीहरूलाई शिक्षा, प्रेरणा तथा बौद्धिक संवादका लागि एकै ठाउँमा ल्याउने यस प्रशंसनीय पहलसँग जोडिने अवसर र निमन्त्रणाका लागि स्वामी धर्मबन्धुजीप्रति आभार व्यक्त गरे।

हिन्दुस्थान समाचार / बिशाल


 rajesh pande