धुबड़ीको गुमा फेरी घाटमा यात्री नौका दुर्घटनाग्रस्त, धेरै जना यात्रीहरू फसे
धुबड़ीको गुमा फेरी घाटमा यात्री नौका दुर्घटनाग्रस्त, धेरै जना यात्रीहरू फसे


धुबड़ी (असम), 21 सेप्टेम्बर (हि.स.)। असमको धुबड़ी जिल्ला अन्तर्गत तामारहाट क्षेत्रस्थित गुमा फेरी घाटमा सोमवार एउटा यात्री नौका दुर्घटनाग्रस्त भएको समाचार प्राप्त भएको छ। यो दुर्घटना गङ्गाधर नदीमा भएको हो। दुर्घटनापछि नौकामा सवार धेरै जना यात्रीहरू फसेको सूचना छ।

भनिन्छ, दुर्घटनाका कारण प्रभावित यात्रीहरूमा सबैभन्दा बढ़ी महिला र बाल-बालिकाहरू छन्। दुर्घटनापछि घटनास्थलमा कोकोहोलो मचियो। राहत-बचाउ अभियान सञ्चालन भइरहेको छ। दुर्घटनाको कारण अनि राहत-बचाउ अभियानको सम्बन्धमा विस्तृत जानकारीको प्रतीक्षा छ।

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande