
कोलकाता, 21 सेप्टेम्बर (हि.स.)। पूर्व मेदिनीपुर जिल्लाको रामनगर थाना क्षेत्रमा पुलिसले 40 किलो गाँजा जफत गरी एकजना व्यक्तिलाई पक्राउ गरेको छ। पुलिसले सोमवार बिहान घटनाको जानकारी साझा गर्दै बतायो, गए आइतवार राती एक गोप्य सूचनाको आधारमा जिल्ला पुलिसको स्पेशल अपरेशन ग्रुप (एसओजी) तथा रामनगर थाना पुलिसको संयुक्त टीमले पुरुषोत्तमपुर गाउँमा अभियान चलायो। अभियानको क्रममा गाँजासितै आरोपीलाई पक्राउ गरियो। आरोपीको नाम नीर आसिफ रहेको बताइएको छ।
पुलिस सूत्र अनुसार अभियान अवधि ओडिशाको जलेश्वरबाट आइरहेको एउटा तीन चक्के वाहनलाई रोकेर जाँच गरियो जसमा वाहनबाट 40 किलो गाँजा भेटियो जसलाई 40 वटा प्याकेट बनाएर राखिएको थियो। पुलिसले गाँजा र सम्बन्धित वाहनलाई जफत गरेको छ। यस मामिलामा रामनगर थानामा केस नम्बर 383/26, दिनाङ्क 20 सेप्टेम्बर, 2026 -को एनडीपीएस एक्टको धारा 20(बी)(ii)(सी) अन्तर्गत मामिला दर्ता गरिएको थियो।
पुलिसले गाँजा कहाँबाट ल्याइएको थियो र यसलाई कहाँ पुऱ्याउनु थियो साथै यो व्यापारमा को-को सामेल छ, यसको जाँच गरिरहेको छ।
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा