
जलपाईगुड़ी, 21 सेप्टेम्बर (हि.स.)। फूलबाड़ी क्षेत्रको एउटा शनि मन्दिरबाट चोरी भएको शनिदेवको सङ्गमरमरको मूर्ति पुलिसले टिस्टा क्यानलबाट फेला पारेको छ। सोमवार पुलिसले कञ्चनबाड़ीको छेउमा टिस्टा क्यानलको पानीमा खोजी गर्दा मूर्ति फेला पाऱ्यो।
पुलिस र मन्दिर प्रबन्धन अनुसार गत शुक्रवार अबेर राती फूलबाड़ी संलग्न कञ्चनबाड़ी क्षेत्रको एउटा शनि मन्दिरबाट शनिदेवको मन्दिर चोरी भएको थियो। शनिवार बिहान पूजा गर्नको लागि मन्दिरमा गएका मानिसहरूले मन्दिरमा मूर्ति पाएनन्, त्यसपछि न्यू जलपाईगुड़ी थानामा लिखित सिकायत दर्ता गराइयो। पुलिसले मामिलाको जाँच गर्न शुरू गऱ्यो। जाँचको क्रममा एकजना युवकलाई पुलिसले हिरासतमा लियो।
पुलिस सूत्र अनुसार जाँचबुझमा युवकले कथित रूपमा मूर्तिलाई टिस्टा क्यानलमा फालिएको बतायो। पुलिसले सोमवार फूलबाटीको टिस्टा क्यानलमा खोजी अभियान शुरू गऱ्योष केही घण्टासम्म पानीभित्र खोजेपछि पुलिस चोरी भएको शनिदेवको सङ्गमरमरको मूर्ति फेला पार्न सफल भयो।
मूर्ति भेटिएपछि मन्दिर प्रबन्धनले राहत महसूस गरेको छ।
मन्दिरका सदस्य दीपक सिंहले बताए, बितेको शुक्रवार अबेर राती मूर्ति चोरी भएको थियो। शनिवार बिहान मात्र मूर्ति चोरी भएको कुरा सार्वजनिक भयो। उनले मूर्ति भेटाएकोमा पुलिसप्रति आाभार व्यक्त गरेका छन्। हाल मामिलाको जाँच भइरहेको छ।
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा