
मेदिनीपुर, १४ सेप्टेम्बर (हि.स.)। पश्चिम मेदिनीपुर जिल्लाको केशियाड़ी स्थित खेजुरकुठी क्षेत्रमा पुलिसले एक नाबालिगको विवाह रोकिदिएको छ। आइतवार राति गोप्य सूचनाका आधारमा अभियान सञ्चालन गरी पुलिसले नाबालिगलाई उद्धार गऱ्यो। घटनापछि क्षेत्रमा चर्चा चुलिएको छ।
पुलिस सूत्र अनुसार, गुडगुडीपाल थाना क्षेत्रकी एक नाबालिगलाई केशियाड़ीको खेजुरकुठी क्षेत्रमा ल्याएर उनको विवाह गराउने तयारी भइरहेको थियो। यसबारे सूचना पाएपछि केशियाडी थाना पुलिसले गुडगुडीपाल थाना पुलिससँग संयुक्त रूपमा अभियान सञ्चालन गरेको थियो।
आइतवार राति खेजुरकुठी क्षेत्रबाट नाबालिगलाई उद्धार गरी गुडगुडीपाल थाना क्षेत्रमा लगिएको छ। नाबालिगको विवाहको तयारी कसरी र कुन-कुन व्यक्तिले गरेका थिए भन्ने विषयमा पुलिसले अनुसन्धान शुरु गरेको छ।
नाबालिगको विवाह रोक्न पुलिसले गरेको प्रयासको स्थानीय बासिन्दाले प्रशंसा गरेका छन्। प्रशासनले बालविवाह रोक्न निरन्तर निगरानी गरिरहेको जनाएको छ।
हिन्दुस्थान समाचार / भवानी थामी