कारबाट पिता-छोरी बेपत्ता, अपहरणको मुद्दा दर्ता
Fir


शिमला, १४ सेप्टेम्बर (हि.स.)। शिमला जिल्लाको कुमारसैनतर्फ गएका मण्डी जिल्लाको करसोग निवासी एक व्यक्ति र उनकी १८ वर्षीया छोरी अचानक बेपत्ता भएपछि सुन्नी क्षेत्रमा घटना पुलिससम्म पुगेको छ। दुवै जना १२ सेप्टेम्बरको साँझ पिकअप गाड़ीमा घरबाट निस्किएका थिए।

राति लगभग १ः३० बजी बेपत्ता व्यक्तिले फोन मार्फत पत्नीलाई पन्दोआ पुगेको जानकारी दिएका थिए। त्यसपछि उनको मोबाइल बन्द भएको थियो। भोली पल्ट खोजी गर्ने क्रममा उनीहरू चढ़ेको पिकअप ओगली गाउँमा सड़क किनारमा पार्क गरिएको अवस्थामा फेला परेको थियो। गाड़ीको चालकपट्टिको सिसा भने फुटेको अवस्थामा थियो।

परिवारको उजुरीका आधारमा सुन्नी थाना क्षेत्रअ न्तर्गत जलोग पुलिस चौकीमा मुद्दा दर्ता गरी पिता–छोरीको खोजी शुरु गरिएको छ। पत्नीले दुवैलाई अपहरण गरी कतै लगिएको हुनसक्ने आशंका व्यक्त गरेकी छन्। पुलिसले ओगलीमा पिकअप फेला पर्नु र गाड़ीको सिसा फुटेको घटना लगायत सम्पूर्ण परिस्थितिलाई जोड़ेर अनुसन्धान गरिरहेको छ।

पुलिस अनुसार, यस सम्बन्धमा भारतीय न्याय संहिताको धारा १४०(३) अन्तर्गत मुद्दा दर्ता गरिएको छ। जलोग पुलिस चौकीका प्रभारी सहायक उपनिरीक्षक बृज लालले घटनाको अनुसन्धान गरिरहेका छन्। बेपत्ता पिता–छोरीको खोजीका लागि पुलिसले सम्भावित स्थानहरूमा खोजतलास जारी राखेको जनाएको छ।

हिन्दुस्थान समाचार / भवानी थामी


 rajesh pande