अन्तिम संस्कारपछि जलिरहेको चितामा मासु पकाएको आरोपमा तीन जना पक्राउ
गिरफ्तार आरोपी


शाहजहाँपुर, २१ सेप्टेम्बर (हि.स.)। उत्तर प्रदेशको शाहजहाँपुर जिल्लाको पुवायाँ थाना क्षेत्र अन्तर्गत जलिरहेको चितामाथि कथित रूपमा मासु पकाएको आरोपमा पुलिसले तीन जनालाई पक्राउ गरेको छ।

पुवायाँ क्षेत्राधिकारी प्रवीण मलिकले सोमवार बताए, नत्थापुर गाउँ निवासी छोटेलालको आइतवार साँझ अन्तिम संस्कार गरिएको थियो। अन्तिम संस्कारपछि परिवारका सदस्यहरू घर फर्किएका थिए। केही समयपछि मृतकका छोरा वीरपाल चिता स्थलमा पुग्दा उनले गाउँकै रामचरन, राजेन्द्र र सुरेन्द्रलाई कथित रूपमा जलिरहेको चितामाथि मासु पकाइरहेको देखे। वीरपालले त्यसको विरोध गरेपछि तीनै जनाले उनीसँग अभद्र व्यवहार गर्दै ज्यानले मार्ने धम्की दिएको र त्यहाँबाट फरार भएको बताइएको छ।

वीरपालको सूचनापछि पुलिस घटनास्थलमा पुग्यो। उनको लिखित उजुरीका आधारमा पुलिसले तीनै जना विरुद्ध मुद्दा दर्ता गऱ्यो। पुलिसले सोमवार नत्थापुर तिराहा नजिकबाट तीनै जना आरोपीलाई पक्राउ गरेको जनाएको छ।

हिन्दुस्थान समाचार / भवानी थामी


 rajesh pande