वेतन वृद्धिको मागमा चितपुरका स्वास्थ्य कर्मीहरूको प्रदर्शन
वेतन वृद्धिको मागमा चितपुरका स्वास्थ्य कर्मीहरूको प्रदर्शन


कोलकाता, 21 सेप्टेम्बर (हि.स.)। कोलकाताको चितपुरमा सोमवार राज्यकी नगर विकास एवं शहरी विकास मन्त्री अग्निमित्रा पालको वाहनलाई घेरेर नगरनिगमका अस्थायी स्वास्थ्य कर्मीहरूले प्रदर्शन गरे। प्रदर्शनकाारी स्वास्थ्यकर्मीहरूले वेतन बढ़ाउने माग उठाए।

अग्निमित्रा पाल सोमवार चितपुरमा डेङ्गूविरूद्ध सचेतनामूलक अभियानमा सामेल हुनका लागि आएकी थिइन्। कार्यक्रम समाप्त भएपछि उनी त्यहाँबाट गइरहेकी थिइन्, नगरनिगमका केही अस्थायी स्वास्थ्य कर्मीहरूले उनको वाहनलाई घेरेर आफ्नो मागमा विरोध प्रदर्शन गर्न शुरू गरे। स्वास्थ्य कर्मीहरूको भनाइ छ, उनीहरूको वेतन बढ़ाउनुपर्छ।

प्रदर्शन गर्दै स्वास्थ्य कर्मीहरूले आफ्ना समस्याहरू मन्त्री समक्ष राखे। अग्निमित्रा पालले उनीहरूको मागमाथि विचार गर्ने आश्वासन दिइन्। उनले यो पनि भनिन्, राज्यको आर्थिक स्थितिलाई ध्यानमा राखेर नै वेतन बढ़ाउने सम्बन्धमा फसेला लिइनेछ।

अग्निमित्रा पालले भनिन्, यी स्वास्थ्य कर्मीहरूलाई हाल प्रतिदिन 303 रुपियाँ प्राप्त भइरहेको छ भने सरकारले यिनीहरूको वेतन बढ़ाउने प्रयास गर्नेछ। उनले स्पष्ट पारिन्, कसैको पनि वेतन बन्द भएको छैन। वर्तमान सरकारको कार्यकालमा कसैको वेतन बन्द हुनेछैन जबकि वेतन बढ़ाउने प्रयास गरिनेछ।

मन्त्रीले राज्यको आर्थिक स्थितिको उल्लेख गर्दै भनिन्, पछिल्लो सरकारले राज्यलाई ऋणमा डुबाएर गएको छ। वर्तमान सरकारले महिलाहरूलाई प्रतिमहिना तीन हजार रुपियाँ दिरहेको छ भने अन्य योजनाहरू पनि सञ्चालन भइरहेका छन्। यस स्थितिमा राज्यको ढुकुटीलाई ध्यानमा राखेर स्वास्थ्य कर्मीहरूको वेतन बढ़ाउने सम्बन्धमा अन्तिम निर्णय लिइनेछ।

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande