
नयाँ दिल्ली, २२ सेप्टेम्बर (हि.स.)। राष्ट्रपति द्रौपदी मुर्मुले मंगलवार देशवासीलाई ‘करम पूजा’ को बधाई तथा शुभकामना दिएकी छन्।
राष्ट्रपति मुर्मुले एक्स मार्फत लेखेकी छन्, “सम्पूर्ण देशवासीलाई ‘करम पूजा’को हार्दिक बधाई तथा शुभकामना। प्रकृतिप्रतिको कृतज्ञता, कर्मप्रतिको निष्ठा र भाइचाराको भावनासँग जोड़िएको करम पर्व हाम्रो समृद्ध जनजातिय संस्कृति तथा जीवन-मूल्यहरूको जीवन्त अभिव्यक्ति हो। यो पर्वले हामीलाई प्रकृतिको संरक्षण गर्न तथा सद्भावका साथ काम गर्न प्रेरणा दिन्छ। ‘करम पूजा’को यो पर्वले सबै देशवासीको जीवनमा सुख र समृद्धि ल्याओस् भन्ने मेरो कामना छ।”
उल्लेखनीय छ, ‘करम पूजा’ प्रकृति, कृषि तथा दाजुभाइ–दिदी-बहिनीबीचको प्रेमसँग सम्बन्धित प्रमुख आदिवासी तथा लोकपर्व हो। यो पर्व मुख्य रूपमा झारखण्ड, छत्तीसगढ़, बिहार, पश्चिम बंगाल र ओडिशामा मनाइन्छ।
हिन्दुस्थान समाचार / भवानी थामी