पानीतर गाउँमा चार सय वर्ष पुरानो दुर्गा पूजामा सामाजिक सौहार्दको झलक
पानीतर गाउँमा चार सय वर्ष पुरानो दुर्गा पूजामा सामाजिक सौहार्दको झलक


कोलकाता, 23 सेप्टेम्बर (हि.स.)। अविभाजित बङ्गाल हुँदादेखि नै आयोजना हुँदै आइरहेको पानीतर गाउँको दुर्गा पूजा लगभग चार शताब्दी पुरानो हो। भनिन्छ, तारिणीचरण बन्द्योपाध्यायले एकचाला घरमा यो पूजा आयोजना गर्न शुरू गरेकी थिइन्। समयसँगसँगै एकचाला कच्चा घरदेखि यो पूजा पक्का भवन अनि धुनिको घरसम्म पुग्यो भने आज यो सम्पूर्ण गाउँको पूजा भइसकेको छ।

स्थानीय आनन्द चक्रवर्ती, जयन्ता विश्वास औ रशिदुल मोल्लाको भनाइ छ, चार दिनसम्म चल्ने यो दुर्गा पूजा अब उत्सव र मिलनको केन्द्र भइसकेको छ। अष्टमीको दिन विभिन्न समुदायका मानिसहरू ठूलो सङ्ख्यामा यहाँ आउने गर्दछन्। उनीहरू अनुसार यो पूजाले आज पनि साम्प्रदायिक सौहार्द र सामाजिक एकताको सन्देश दिन्छ।

इछामती नदीको किनारमा अवस्थित यस पूजामा आज पनि बङ्गलादेशबाट धेरै मानिसहरू आउने गर्दछन्। घोजाडाङ्गा सीमा क्षेत्रबाट पनि केही श्रद्धालु अनि दर्शकहरू पूजामा सामेल हुन आउँछन्। मान्यता छ, साहित्यकार विभूतिभूषण बन्द्योपाध्यायकी पहिलो पत्नी गौरी देवीको घर पनि यसै क्षेत्रसित जोड़िएको थियो। यसै क्षेत्रमा बसेर विभूतिभूषण बन्द्योपाध्यायले प्रसिद्ध उपन्यास ‘बकुल बासर’- को रचना गरेका थिए।

स्थानीय मानिसहरू अनुसार एक समयमा यहाँ हैजकको प्रकाशमा दुर्गा पूजाको भव्य उत्सव आयोजना हुन्थ्यो। समयको गतिसितै त्यस युगका केही सम्झना अनि परम्पराहरू बद्लिए पनि त्यसबेलाको भावना आज पनि मानिसहरूको मनमा जीवित छ।

विसर्जनको दिन पनि यहाँ विशेष परम्परा देख्न पाइन्छ। श्रद्धालुहरूके काँधमा प्रतिमा बोकेर इछामति नदीसम्म पुऱ्याउँछन् अनि विधि-विधानपूर्वक विसर्जन गर्दछन्। त्यसपछि एका-अर्कालाई आलिङ्गन गरेर मिठाई खुवाउने परम्पराको माध्यमबाट भाइचारा तथा सामाजिक सद्भावको सन्देश दिइन्छ।

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande