
गान्तोक, २३ सेप्टेम्बर (हि.स.)। भारतीय जनता पार्टीले संगठनात्मक पुनर्गठनअन्तर्गत दार्जिलिङका लोकसभा सांसद तथा राष्ट्रिय प्रवक्ता राजु बिष्टलाई सिक्किम राज्यको पार्टी प्रभारी नियुक्त गरेको छ। पार्टीले बुधबार विभिन्न राज्य तथा केन्द्रशासित प्रदेशका प्रभारी र सह-प्रभारीहरूको नयाँ जिम्मेवारी घोषणा गरेको हो।
भाजपाले सार्वजनिक गरेको सूचीअनुसार, सिक्किमको प्रभारीका रूपमा राजु बिष्टको नाम तोकिएको छ भने सह-प्रभारी नियुक्त गरिएको छैन। संगठनात्मक जिम्मेवारीमा भएको यो फेरबदल पार्टीको आगामी कार्ययोजनाअन्तर्गत गरिएको हो।
राजु बिष्ट दार्जिलिङ लोकसभा क्षेत्रबाट भाजपाका सांसद हुन्। उनी सन् २०१९ मा पहिलोपटक लोकसभामा निर्वाचित भएका थिए र सन् २०२४ मा दोस्रो कार्यकालका लागि निर्वाचित भएका हुन्।
हिन्दुस्थान समाचार / बिशाल