
नयाँ दिल्ली, २४ सेप्टेम्बर (हि.स.)। राष्ट्रपति द्रौपदी मुर्मु, उपराष्ट्रपति सीपी राधाकृष्णन र लोकसभा अध्यक्ष ओम बिरलाले बिहिवार एशियाई खेलमा भारतीय विजेताहरूलाई हार्दिक बधाई तथा शुभकामना दिएका छन्।
राष्ट्रपति मुर्मुले एक्समा लेखेकी छन्, “एशियाई खेल २०२६ मा वुशुको महिलाहरूको ६० किलोग्राम सान्डा स्पर्धामा रजत पदक जितेकी रोशिबिना देवी नाओरेम, पुरुषहरूको डबल स्कल्स स्पर्धामा कांस्य पदक जितेका सतनाम सिंह एवं सलमान खान तथा कांस्य पदक जितेको भारतीय पुरुष ब्याडमिन्टन टोलीलाई धेरै-धेरै बधाई। लगातार तीन वटा एशियाई खेलमा तीन पदक जित्नु भारतीय वुशुका लागि शानदार उपलब्धि तथा ऐतिहासिक कोसेढुङ्गा हो। तपाईहरूको प्रेरणादायी यात्रामा यस्तै अझ् धेरै गौरवका क्षणहरू आइरहून्। त्यस्तै, सतनाम सिंह र सलमान खानको प्रदर्शनले टीम वर्क, सहनशीलता र प्रतिबद्धताको त्यो मजबुती देखाउँछ, जुन रोइङमा आवश्यक हुन्छ। तपाई दुवै जनाले भविष्यमा अझ् ठूला सफलता हासिल गर्नुहोस्। यो प्रशंसनीय उपलब्धिले पुरुष ब्याडमिन्टन टोलीको दृढ़ सङ्कल्प, सहनशीलता र संघर्ष गर्ने भावनालाई प्रतिबिम्बित गर्छ। यस गौरवपूर्ण सफलतामा टोलीका प्रत्येक सदस्यले महत्त्वपूर्ण योगदान दिएका छन्। भविष्यका प्रयासहरूका लागि सम्पूर्ण टोलीलाई शुभकामना।”
उपराष्ट्रपतिले भने कि सतनाम र सलमान मञ्चसम्म पुग्नु उनीहरूको उत्कृष्ट टीमवर्क तथा सहनशीलताको प्रमाण हो। त्यस्तै, रोशिबिनाले लगातार तेस्रो एशियाई खेलमा पदक जित्नु भारतीय वुशुका लागि ऐतिहासिक उपलब्धि भएको उनले बताए। उनीहरूले भविष्यमा पनि देशका लागि गर्वका धेरै क्षण ल्याउने आशा उनले व्यक्त गरे।
लोकसभा अध्यक्ष ओम बिरलाले रोशिबिना देवीको यो उपलब्धि भारतका लागि अत्यन्त गर्वको क्षण भएको र एशियाई मञ्चमा उनको समर्पण, दृढ़ सङ्कल्प तथा निरन्तरताको प्रमाण भएको बताए। त्यस्तै, पुरुषहरूको डबल स्कल्स रोइङ स्पर्धामा कांस्य पदक जित्ने सतनाम र सलमानको जोड़ीले उत्कृष्ट तालमेल, शक्ति, लय तथा दृढ़ सङ्कल्प प्रदर्शन गर्दै पोडियममा स्थान बनाएर भारतको पदक सङ्ख्यामा अर्को पदक थपेको बताए। यस शानदार उपलब्धिका लागि सतनाम र सलमानलाई बधाई दिँदै उनले उनीहरूले यसैगरी प्रेरणा दिइरहून् र भारतको गौरव बढाइरहून् भन्ने शुभकामना दिए।
रक्षामन्त्री राजनाथ सिंहले नाओरेम रोशिबिना देवी लगातार तीन वटा एशियाई खेलमा पदक जित्ने पहिलो भारतीय वुशु खेलाडी बनेको बताएका छन्। यो उनको लगातारको उत्कृष्ट प्रदर्शन र दृढ़ सङ्कल्पको शानदार उदाहरण भएको उनले बताए। उनको प्रदर्शनले भारतीय खेलाड़ीहरूको नयाँ पुस्तालाई उत्कृष्ट प्रदर्शन गर्न प्रेरित गर्ने उनले बताए।
हिन्दुस्थान समाचार / भवानी थामी