आगरा-लखनऊ एक्सप्रेस-वेमा तीन जना मानिसहरूको सड़क दुर्घटनामा मृत्यु, मुख्यमन्त्री योगीद्वारा दुःख व्यक्त
आगरा-लखनऊ एक्सप्रेस-वेमा तीन जना मानिसहरूको सड़क दुर्घटनामा मृत्यु, मुख्यमन्त्री योगीद्वारा दुःख व्यक्त


आगरा, 26 सेप्टेम्बर (हि.स.)। उत्तर प्रदेशको आगरा जिल्लामा शनिवार बिहान आगरा-लखनऊ एक्सप्रेस-वेमा थाना डौकी क्षेत्रको बाजिदपुर छेउमा एउटा द्रूत गतिको कार अनियन्त्रित भएर कैयौं पटक पल्टियो। यस दुर्घटनामा कारको पछिल्लो सीटमा बसेका तीन जना मानिसहरूको घटनास्थलमै मृत्यु भयो भने ड्राइभर सहित अन्य दुई जना घाइते भए।

मुख्यमन्त्री याेगी आदित्यनाथले घटनाको संज्ञान लिएर अधिकारीहरूलाई दिशानिर्देश दिएका छन्। उनले मृतकहरूको शोक सन्तप्त परिवारहरूप्रति गहिरो संवेदना व्यक्त गर्दै घाइतेहरूको समुचित उपचार गराउने, मृतकहरूका परिवारजनहरूसित सम्वाद गरी हरसम्भव सहयोग उपलब्ध गराउने निर्देश अधिकारीहरूलाई दिए।

सहायक पुलिस आयुक्त इमरान अहमदले बताए, शनिवार बिहान डौकी थाना अन्तर्गत बाजितपुर गाउँ निकट आगरा लखनऊ एक्सप्रेस-वेमा एउटा द्रूत गतिको कार अनियन्त्रित भएर पल्टियो। यस दुर्घटनामा तीन जना मानिसहरूको मृत्यु अनि ड्राइभर सहित दुई जना गम्भीर रूपमा घाइते भए। दुर्घटनाको सूचना पाएर घटनास्थलमा पुगेको पुलिस र स्थानीय मानिसहरूको सहयोगले मृतकहरूलाई बाहिर निकालेर पोस्टमर्टम गर्नको लागि सदर अस्पतालमा पठाइयो। यिनीहरू दिल्लीदेखि बलिया गइरहेका थिए।

पुलिसले कानूनी औपचारिकता पूरा गरेपछि शवहरूलाई पोस्टमर्टम गर्नको लागि पठाइदिएको छ। दुर्घटनाग्रस्त कारलाई कब्जामा लिएको छ। प्रारम्भिक रूपमा द्रूत गती भएको कारणले वाहन अनियन्त्रित भएको पत्तो लागेको छ। तथापि पुलिसले घटनाको वास्तविक कारण पत्तो लगाउन जाँच गरिरहेको छ।

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande