प्रवीण खण्डेलवालले ‘सेवा सङ्कल्प अभियान’ अन्तर्गत दुई दिवसीय जन-जागरूकता शिविरको गरे उद्घाटन
प्रवीण खण्डेलवालले ‘सेवा सङ्कल्प अभियान’ अन्तर्गत दुई दिवसीय जन-जागरूकता शिविरको गरे उद्घाटन


नयाँ दिल्ली, 26 सेप्टेम्बर (हि.स.)। दिल्ली सरकारको ‘सेवा संकल्प अभियान’ अन्तर्गत शनिवार शास्त्री नगरमा दुई दिवसीय जन-जागरूकता औ जनसेवा शिविरको शुभारम्भ गरियो। यसको उद्घाटन चाँदनी चौकका सांसद प्रवीण खण्डेलवालले गरे। यस कार्यक्रमको मुख्य उद्देश्य सर्वसाधारण मानिसहरूलाई दिल्ली सरकार तथा विभिन्न सरकारी विभागहरूद्वारा सञ्चालित जनकल्याणकारी योजनाहरू, वित्तीय सहायता, पेन्शन, ऋण, सहायता एवं अन्य सरकारी सेवाहरूको बारेमा जानकारी गराउनु हो। यस शिविरमा दिल्ली सरकारको कला, संस्कृति एवं भाषा विभागले साहित्य अनि भाषाहरूको संरक्षण एवं विकाससित सम्बन्धित विभिन्न योजनाहरू बारे जानकारी गरायो। यसको साथै उर्दू, हिन्दी अकादमी, पञ्जाबी अकादमी, सिन्धी अकादमी, मैथिली-भोजपुरी अकादमी तथा साहित्य कला परिषद आदिका गतिविधिहरू र योजनाहरूको बारेमा पनि मानिसहरूलाई विस्तृत जानकारी दिइयो। शिविरमा यस विभागको वित्तीय सहायता योजना, दिल्ली अभिलेखागार-पुरालेखको छात्रवृत्ति औ युवाहरूलाई ‘दिल्ली ट्यालेन्ट हन्ट– हौसलों की उड़ान’-को बारेमा पनि जानकारी दिइयो जसमा गायन, नृत्य, डिजिटल आर्ट एवं भिजुअल डिजाइन, मूर्तिकला, सङ्गीत रचना, वाद्य सङ्गीत एवं थिएटर जस्ता विभिन्न प्रतिभाहरूको लागि अवसर उपलब्ध गराइँदैछ। यस अतिरिक्त ‘सेवा सङ्कल्प अभियान’ अन्तर्गत दिल्लीमा विभिन्न स्तरमा जनसेवा र जन-जागरूकतासित सम्बन्धित कार्यक्रमहरू आयोजना गरिँदैछ। यस अवसरमा एसडीएम सदर बजार माला सूद, खण्ड विकास अधिकारी सदर बजार हर्षीन कौर, दिल्ली आपदा प्रबन्धन विभागका हरीश माथुर सहित विभिन्न विभागीय अधिकारी एवं क्षेत्रका अन्य गणमान्य हस्तिहरू उपस्थित थिए।

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande