
गुवाहाटी, २६ सेप्टेम्बर (हि.स.)। गुवाहाटी महानगरको गरल क्षेत्रमा एक युवतीको संदिग्ध अवस्थामा मृत्यु भएपछि पुलिसले घटनाबारे अनुसन्धान शुरु गरेको छ। पुलिसले शनिवार दिएको जानकारी अनुसार, शहरको गरल क्षेत्रमा रहेको एक होमस्टेमा युवती मृत अवस्थामा फेला परेकी हुन्।
युवतीको शव रुद्रियास किचन होमस्टेबाट फेला परेको हो। युवती गत राति एक साथीका साथ घरबाट निस्केकी थिइन्। पीड़िताले राति आफ्नी आमालाई फोन गरी आफूमाथि कुटपिट भएको जानकारी दिएकी थिइन्। आमालाई फोन गरेपछि युवतीको मोबाइल फोन बन्द भएको थियो। युवती राति होमस्टेको बाहिर सहयोगका लागि चिच्याइरहेको बताइएको छ।
घटनाको सम्बन्धमा पुलिसले युवतीका साथीलाई पक्राउ गरेको छ। होमस्टे आशिष अलीको नाममा बुक गरिएको थियो। मृत युवती धारापुरकी निवासी रहेको बताइएको छ।
पुलिसले शव कब्जामा लिएर परीक्षणका लागि अस्पताल पठाएको छ। घटनासम्बन्धमा प्राथमिकी दर्ता गरी पुलिसले गम्भीरतापूर्वक अनुसन्धान गरिरहेको जनाएको छ।
/ बिशाल