
धुबरी (असम), २६ सेप्टेम्बर (हि.स.)। धुबरी जिल्ला अन्तर्गत चापरको सोवारी क्षेत्रमा पतिले पत्नीको निर्ममतापूर्वक हत्या गरेको घटना सार्वजनिक भएको छ।
पुलिसले शनिवार दिएको जानकारी अनुसार, गत राति चापर सोवारीको निजपट्टी क्षेत्रमा मादक पदार्थ सेवन गरेको एक व्यक्तिको कुनै विषयलाई लिएर आफ्नी पत्नीसँग विवाद भएको थियो। विवादका क्रममा आक्रोशित पतिले बन्चरो प्रहार गर्दा महिलाको मृत्यु भएको हो।
घटनापछि हत्याको आरोपी तुलसी उराँव फरार छ। घटनाको जानकारी पाएलगत्तै घटनास्थल पुगेको पुलिसले मृत महिलाको शव कब्जामा लिएर परीक्षणका लागि अस्पताल पठाएको छ।
पुलिसले घटनाको सम्बन्धमा प्राथमिकी दर्ता गरी फरार आरोपीको खोजी गरिरहेको जनाएको छ।
/ बिशाल