
सिलगढ़ी, 26 सेप्टेम्बर (हि.स.)। सिलगढ़ीको सन्तोषी नगर क्षेत्रमा अवैध रूपमा निर्मित तीन तले घरलाई शनिवार सिलगढ़ी नगरनिगमले बुलडोजर चलाएर ध्वस्त बनाइदियो। नगरनिगमले अदालतको निर्देशमा यो कारबाही गरेको हो।
नगरनिगम सूत्र अनुसार सिलगढ़ीको वार्ड नम्बर पाँचस्थित सन्तोषी नगरको नम्बर एक गल्लीमा स्वीकृति बिनाको नक्शा अनुरूप तीन तले घर निर्माण गरिएको थियो। निर्माणलाई लिएर नगरनिगमले कैयौं पटक नोटिस जारी गरिसकेको भए पनि निर्देशलाई बेवास्ता गरेको आऱोप लगाइएको छ।
यसपूर्व नालामाथिको निर्माण गरिएको एक भागलाई पनि भत्काइएको थियो। यति गर्दा पनिकारबाही नभएपछि नगरनिगम अदालतमा पुग्यो। अदालतको निर्देशमा शनिवार बुलडोजरको मद्दतले सुरेन्द्र साहनीको उक्त अवैध बहुतले भवनलाई पूर्ण रूपले ध्वस्त बनाइयो। नगरनिगमद्वारा स्पष्ट पारिएको छ, अनुमति बिनाको निर्माण तथा सरकारी ढाँचामा कब्जा गर्नेहरूविरूद्ध भविष्यमा पनि यस्तै किसिमको कड़ा कारबाही गरिनेछ।
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा