समयपुर बादलीको प्लास्टिक फ्याक्ट्रीमा आगलागी, तीन जना घाइते
समयपुर बादलीको प्लास्टिक फ्याक्ट्रीमा आगलागी, तीन जना घाइते


नयाँ दिल्ली, 26 सेप्टेम्बर (हि.स.)। दिल्लीको समयपुर बादली औद्योगिक क्षेत्र फेज-2 मा शनिवार बिहान सवेरै एउटा प्लास्टिक मोडलिङ्ग फ्याक्ट्रीमा आगो लाग्यो। आगोलाई लगभग तीन घण्टासम्म कड़ा परिश्रम गरेपछि नियन्त्रित गरियो। दुर्घटनामा तीन जना मानिसहरू सामान्य रूपमा घाइते भए जसलाई अम्बेडकर अस्पतालमा प्राथमिक उपचारपछि छुट्टी दिइयो।

दमकल विभाग अनुसार शनिवार लगभग 00:35 बजी फ्याक्ट्रीमा आगो लागेको सूचना प्राप्त भयो। शुरूमा दमकलका दुई वटा वाहनलाई मात्र घटनास्थलमा पठाइयो। आगोको गम्भीरतालाई मध्यनजर गर्दै बिस्तारै संसाधनहरूलई बढ़ाइयो अर्थात अन्तसम्ममा 15 वटा दमकल वाहनहरूलाई आगो निभाउनमा खटाइयो। आगो फ्याक्ट्री नम्बर-44 को गेट नम्बर-5 स्थित प्लास्टिक मोडलिङ्ग एकाईमा लागेको थियो। लगभग 250 वर्ग गज क्षेत्रफलमा स्थापित फ्याक्ट्रीको बेसमेन्ट, भूतल र दुई तला थियो। छतमा अस्थायी ढाँचा पनि बनिएको थियो।

दमकल विभागले बतायो, लगभग बिहान तीन बजे आगोलाई नियन्त्रम गरियो भने 3:15 बजी आगो निभाउने काम पूरा भएको घोषणा गरियो। तथापि सतर्कतास्वरूप कुलिङ्गको कामलाई जारी राखियो। बिहान लगभग 6:35 बजे दमकलका सबै वाहनहरू घटनास्थलबाट फर्किए।

घाइतेहरूको पहिचान धर्मवीर (32), मोहम्मद सरुख (41) औ अमित (34)- को रूपमा भएको छ। दमकलकर्मीहरू आइपुग्न अगावै स्थानीय मानिसहरूले यिनीहरूलाई अस्पतालमा पुऱ्याइसकेका थिए। यस अतिरिक्त यस घटनामा अन्य कुनै पनि प्रकारको मानवीय क्षति भएको सूचना छैन। आगलागीको कारण हाल पत्तो लाग्न सकेको छैन। पुलिस र दमकल विभागले सम्पूर्ण मामिलाको जाँच गरिरहेको छ।

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande