
-बाढ़ी आपदासित सम्बन्धित सहायताको लागि कन्ट्रोल रूम नम्बर- 07727222454 जारी
बलौदा बजार, 26 सेप्टेम्बर (हि. स.)। जिल्लामा भइरहेको अविरल वर्षाका कारण नदी-नालाको जलस्तर बढ़ेर धेरै वटा स्थानहरूमा बाढ़ी जस्तै स्थिति उत्पन्न भएको छ। बाढ़ीकै कारणले जोखिमपूर्ण स्थितिमा परेका 120 जना मानिसहरूको जिल्ला प्रशासन एवं आपदा राहत टीमको तत्परतामा सफलतापूर्वक रेस्क्यू गरियो। रेस्क्यूपछि सबैलाई सुरक्षित स्थानमा पुऱ्याइयो।
प्राप्त जानकारी अनुसार बाढ़ी प्रभावित 120 जना मानिसहरूलाई सुरक्षित स्थानमा स्थानान्तरण गरिएको छ। यसमा खण्ड कसडोलाको ग्राम बाल्दाकछारका 38 जना, खण्ड पलारीको ग्राम अमेठीका 44 जना, ग्राम मोहानका 23 जना तथा खण्ड सिमगाको ग्राम गणेशपुरका 15 जना मानिसहरू सामेल छन्।
बाढ़ीसित सम्बन्धित सहायताको लागि प्रशासनद्वारा जिल्ला कन्ट्रोल रूम- 07727222454 जारी गरिएको छ। यस नम्बरमा बाढ़ीसित सम्बन्धित कुनै पनि प्रकारको सहायता, सूचना, बचाउ एवं राहत कार्यहरूको लागि सम्पर्क गर्न सकिनेछ। जिल्ला प्रशासनले नदी-नालाको किनारमा नजाने, गाउँ-टोलको छेउमा पानी भरिएको स्थितिमा स्थानीय प्रशासन वा कन्ट्रोल रूमलाई तत्काल सूचित गर्ने अपील मानिसहरूसित गरेको छ।
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा