
कुचबिहार, 26 सेप्टेम्बर (हि.स.)। भाजपाको राज्य सङ्गठनमा गरिएको फेरबदल अन्तर्गत कुचबिहार जिल्ला भाजपाका महासचिव सञ्जय चक्रवर्तीलाई महत्वपूर्ण जिम्मेवारी दिइएको छ। उनलाई पार्टीको महत्वपूर्ण सिलगढ़ी विभागको संयोजक नियुक्त गरिएको छ।
नयाँ जिम्मेवारी पाएपछि शनिवार कुचबिहार पुगेका सञ्जय चक्रवर्तीलाई पार्टी कार्यकर्ता अनि समर्थकहरूले भव्य स्वागत गरे। न्यू कुचबिहार स्टेशनमा पुग्नसाथ पार्टी कार्यकर्ताहरूले उनलाई अभिनन्दन गरे। त्यसपछि स्टेशन परिसरदेखि ऱ्याली निकालेर उनलाई भाजपाको जिल्ला कार्यालयसम्म पुऱ्याइयो।
जिल्ला कार्यालयमा जिल्लाध्यक्ष अभिजीत बर्मन समेत पार्टीका अन्य नेता एवं कार्यकर्ताहरूले फूलको माला लगाएर उनलाई सम्मानित गरे।
स्वागत समारोहमा सञ्जय चक्रवर्तीले भने, पार्टीले उनलाई दिएको जिम्मेवारीलाई उनले पूर्ण निष्ठा अनि इमानदारीको साथमा निर्वाह गर्नेछन्। यसअघि उनले जिल्ला भाजपा महासचिवसँगसँगै प्रदेश युवा मोर्चामा पनि विभिन्न महत्वपूर्ण जिम्मेवारीहरू सम्हालिसकेका छन्। उनले भने, अब सिलगढ़ी विभागमा पार्टी सङ्गठनलाई अझ मजबुत र सुव्यवस्थित बनाउनको लागि राज्य र केन्द्रिय नेतृत्वको निर्देशानुसार काम गर्नेछन्।
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा