जिन्दः एशियन गेम्समा भारतीय महिला कबड्डीले स्वर्ण जीतको झण्डा फहरायो
जिन्दः एशियन गेम्समा भारतीय महिला कबड्डीले स्वर्ण जीतको झण्डा फहरायो


जिन्द, 26 सेप्टेम्बर (हि.स.)। जापान आयोजित एशियन गेम्स- 2026 मा भारतीय महिला कबड्डी टीमले फाइनल प्रतियोगितामा इरानलाई 37-34 ले परास्त गरेर ऐतिहासिक स्वर्ण पदक हत्याएको छ। भारतीय टीमको फाइनल प्रतिस्पर्धा शनिवार इरानसित भयो। भारतले इरानलाई रोमाञ्चक स्पर्धामा 37-34-ले परास्त गऱ्यो। सेमीफाइनलमा भारतले नेपाललाई 48-24 ले हराएको थियो भने भारतले आफ्नो सबै ग्रुप म्याच जित्यो जसमा बङ्गलादेश 42-21, इरान 37-23 औ जापान 50-25 लाई परास्त गरी जीत हासिल गरेको थियो।

भारतको टीममा जिन्दको हथवाला गाउँकी कबड्डी खेलाड़ी पूजा पनि सामेल छन्। उनले आफ्नो खेलले सबैलाई प्रभावित पारिन्। पूजाले टीममा रेडरको रूपमा खेल्दै आएकी छन्। अर्जुन अवार्डी पूजा वर्ष 2023-को एशियाली खेल एवं वर्ष 2025-मा बङ्गलादेशमा भएको वल्र्ड कप र एशिया गेम्समा पनि गोल्ड जितिसकेकी छन्। । एशियन गेम्समा उनको बेजोड़ प्रदर्शनरहेको थियो। पछिल्लो वर्ष एशियाली महिला कबड्डी च्याम्पियनशिप तथा महिला कबड्डी वलूड कपमा पनि देशलाई विजय बनाउनमा पूजाले महत्वपूर्ण भूमिका निर्वाह गरेकी थिइन्।त्यसैले यसपालि पनि आशा थियो, पूजाले देशलाी जिताउनमा आफ्नो योगदान दिनेछन्।

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande