
गुवाहाटी, 26 सेप्टेम्बर (हि.स.)। गुवाहाटी महानगरको सोनापुर पुलिसले वन्य जीवहरूका अङ्गहरूको तस्करी गरेको मामिलामा साममेल दुई जना तस्करहरूलाई पक्राउ गरेको छ।
पुलिसले शनिवार बतायो, गुप्त सूचनाको आधारमा सोनापुर पुलिसले वन्यजीवहरूका अङ्गहरूको तस्करीविरूद्ध एक गोप्य अभियान सञ्चालन गऱ्यो। यसै अभियानको क्रममा सोनापुरको मेधिकुचीबाट दुई जना तस्करहरूलाई पक्राउ गरियो जसको पहिचान अरुणाचल प्रदेशका मोगे दाये र नकफुआ वाङ्गचाको रूपमा गरिएको छ। यी तस्करहरूको कब्जाबाट 6 वटा मखली हिरणको यूरिन ग्ल्याण्ड जफ गरियो।
यी आरोपीहरूले वन्य जीवहरूका अङ्गहरूलाई विदेशहरूमा तस्करी गर्ने प्रयास गरिरहेको शङ्का व्यक्त गरिएकोछ। पुलिसले यससम्बन्धमा वन्य प्रामी अधिनियम अ्तर्गत एक प्राथमिकी दर्ता गरी दुवैसित गहन जाँचबुझ गरिरहेको छ।
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा