
सिलिगुडी, २६ सेप्टेम्बर (हि.स.)। भाड़ाको घरबाट एक गृहिणीको सड़ेको शव परेको घटनामा नक्सलबाडी थानाको पुलिसले उनका पतिलाई पक्राउ गरेको छ। पक्रा पर्ने आरोपी गंगारामपुर निवासी बिप्लव चौधरी हुन्।
पुलिस अनुसार, नेपालमा काम गर्ने क्रममा बिप्लवको भेट नेपालकै धुलाबारी निवासी हेमा मण्डलसँग भएको थियो। उनीहरूबीच प्रेम सम्बन्ध स्थापित भएपछि लगभग दुई वर्षअघि विवाह गरेका थिए। विवाहपछि दुवै जना नक्सलबाड़ीको रथखोला मोड़ क्षेत्रमा भाडाको घरमा बस्दै आएका थिए।
बताइएअनुसार, बिप्लव कामको सिलसिलामा लगभग एक सातादेखि घरबाहिर थिए। शुक्रवार साँझ घर फर्किएपछि उनले पत्नीको सड़ेको शव देखे र पुलिसलाई खबर गरे। सूचना पाएपछि नक्सलबाड़ी थानाको पुलिस घटनास्थलमा पुगेर शवलाई कब्बजामा लिएर परीक्षणका लागि पठाएको छ।
घटनाको जानकारी पाएपछि हेमाका परिवारजन नेपालबाट नक्सलबाड़ी पुगे।
मृतकका पिताले छोरीको मृत्युमा ज्वाइँ बिप्लवको संलग्नता रहेको आरोप लगाउँदै शुक्रवार राति पुलिस थानामा उजुरी दिएका थिए। उजुरीका आधारमा पुलिसले बिप्लवलाई नियन्त्रणमा लिएर सोधपुछ गरेको थियो। लामो सोधपुछपछि उनलाई राति नै पक्राउ गरिएको हो।
पक्रा परेका आरोपीलाई शनिवार सिलिगुडी महकुमा अदालतमा पेश गरिनेछ।
हिन्दुस्थान समाचार / भवानी थामी