विश्व पर्यटन दिवसपूर्व सिलगढ़ीमा भव्य शोभायात्रा
विश्व पर्यटन दिवसपूर्व सिलगढ़ीमा भव्य शोभायात्रा


सिलगढ़ी, 26 सेप्टेम्बर (हि.स.)। विश्व पर्यटन दिवस आउनु एक दिनअघि शनिवार सिलगढ़ीमा राज्य पर्यटन विभागद्वारा एक कार्यक्रम आयोजना गरियो। सिलगढ़ी कलेज मैदानदेखि शहरका विभिन्न स्कूल-कलेजहरूका विद्यार्थीहरूको सहभागितामा एक भव्य शोभायात्रा निकालियो। शोभायात्रा शहरका प्रमुख सड़कहरू भएर गुज्रियो।

कार्यक्रममा राज्यका पर्यटन मन्त्री शङ्कर घोष, डाबग्राम-फूलबाड़ीकी विधायक शिखा च्याटर्जी, दार्जीलिङका जिल्लाधिकारी, सिलगढ़ीका महकुमा शासक समेत प्रशासनका केही अधिकारीहरू उपस्थित थिए।

यस अवसरमा पर्यटन मन्त्री शङ्कर घोषले राज्यमा पर्यटनका सम्भावनाहरूलाई विकसित गर्नका लागि केही योजनाहरूको बारेमा जानकारी गराए। उनले दाबी गरे, पछिल्लो सरकारले पश्चिम बङ्गालमा पर्यटनका सम्भावनाहरूको बारेमा कुरा त गरे, तर त्यसलाई धरातलमा क्रियान्वयन गर्नको लागि प्रभावकारी कदम नै उठाएन।

मन्त्री अनुसार पर्यटन क्षेत्रको लागि आवन्टित राशिको 20 प्रतिशत पनि खर्च गरिएन। खर्च गरिएको राशिको एक भागमा भ्रष्टाचार भएको आऱोप उठेको छ। मन्त्रीले बताए, राज्यको पर्यटन ढाँचालाई मजबुत बनाउनको लागि प्रत्येक जिल्लामा न्यूनतम पनि एउटा पर्यटन स्थललाई विकसित गर्ने योजना छ। दार्जीलिङ पहाड़मा एडभेन्चर टूरिज्मलाई प्रेरित गर्नको साथै नयाँ ट्रेकिङ्ग रूट चिन्हित गरी त्यहाँ आवश्यक पूर्वाधार विकसित गर्ने योजना पनि छ।

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande