महिला सुरक्षासित सम्बन्धित  'चलो डीयूः मार्च फर विमेन सेफ्टी’-लाई  डूसूको समर्थन
अखिल भारतीय विद्यार्थी परिषद (अभाविप) (फाइल फोटो)।


नयाँ दिल्ली, 28 सेप्टेम्बर (हि.स.)। अखिल भारतीय विद्यार्थी परिषद (एबीभीपी)- ले दिल्ली विश्वविद्यालयमा महिला सुरक्षाको मुद्दालाई लिएर विद्यार्थीहरूको अपीलमा आयोजना गरिरहेको 'चलो डीयूः मार्च फर विमेन सेफ्टी'- लाई एबीभीपी नेतृत्वाधि दिल्ली विश्वविद्यालय छात्रसङ्घ (डूसू)- ले समर्थन गरेको छ। हिजोआज महिला सुरक्षासँग सम्बन्धित घटनाहरू भइरहेकाले विद्यार्थीहरूमा सुरक्षाको चिन्ता बढ़ेको छ।

दिल्ली विश्वविद्यालय छात्रसङ्घका अध्यक्ष यश डबासले मार्चलाई समर्थन गर्दै भने, दिल्ली विश्वविद्यालयको प्रत्येक छात्राले सुरक्षित र भयमुक्त वातावरण पाउनुपर्छ। उनले भने, क्याम्पससँगसँगै छात्राहरू आवागमन गर्ने क्षेत्रहरूमा पनि सुरक्षा व्यवस्था बलियो बनाउन आवश्यक छ।

डूसू अध्यक्षले भने, महिला विद्यार्थीहरूको सुरक्षा विश्वविद्यालयको प्राथमिकतामा सामेल हुनुपर्छ। उनले परिसर लगायत वरपरका क्षेत्रहरूमा पनि पर्याप्त प्रकाशको व्यवस्था सीसी उनीहरू अनुसार, विश्वविद्यालय प्रशासन र राज्य सरकारको समन्वित प्रयासहरूबाट विद्यार्थीहरूको सुरक्षा चिन्तालाई प्रभावकारी ढङ्गमा समाधान गर्नुपर्छ।

डूसूकी सचिव रिया छावाडीले भनिन्, महिला विद्यार्थीहरूको सुरक्षा विश्वविद्यालयको प्राथमिकतामा हुनुपर्छ। उनले परिसर र वरपरका क्षेत्रमा पर्याप्त प्रकाश व्यवस्था, सीसीटीभी क्यामेरा, नियमित सुरक्षा गस्ती र गुनासोहरूको द्रुत निवारण सुनिश्चित गर्नुपर्ने आवश्यकतामाथि बल दिइन्।

महिला सुरक्षाका लागि विश्वविद्यालय प्रशासन र राज्य सरकारबीच समन्वय हुन आवश्यक रहेको डूसूका पदाधिकारीहरूले बताए। विद्यार्थीहरूका लागि सुरक्षित वातावरण सुनिश्चित गर्ने उद्देश्यले सुरक्षा व्यवस्थालाई प्रभावकारी बनाउने माग गरिएको छ।

--------

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande