अन्तर कार्यालय लीग फुटबलमा एयर फोर्स र खरसाङ जू विजयी
Football league


खरसाङ, 28 सेप्टेम्बर (हि.स.)।खरसाङको मन्टिभियट खेल मैदानमा स्व लुते सिंह सार्की विजेता अनि स्व सुखमाया सार्की उप विजेता त्रिस्तरीय फुटबल प्रतियोगिता अन्तर्गत सोमवार अन्तर कार्यालय लीग फुटबल लीगको दुईवटा क्वाटर फाइनल खेलहरु सम्पन्न भयो, जसमा प्रथम खेल खरसाङ विद्युत विभाग ए बनाम बागगौडा एयर फोर्समाझ सम्पन्न भयो। यस खेलमा प्रथमारार्धको 2 मिनटमा पाएको मौकाको फाइदा उठाउँदै एयर फोर्सले गोल गरी बढत हासिल गर्यो। अन्तसम्म प्रयास गर्दा पनि खरसाङ विद्युत विभागले यो गोल गर्न सकेन। एयर फोर्सले 0 को विरुद्ध 1 गोल गरी सेमिफाइनलमा प्रवेश गरेको‌ छ।

दिनको दोश्रो खेलमा आकाशवाणी खरसाङ अनि खरसाङ जूमाझ सम्पन्न भएको थियो। प्रथम हाफमा पाएको पेनल्टीलाई आकाशवाणी खरसाङका गोलकिपरले रोके तापनि री बाउण्डमा त्यसलाई गोल गरी खरसाङ जूले बढत हासिल गरे। यसबीच आकाशवाणीले पनि एक दुई सुनौलो माैका पाए तर त्यसलाई गोलमा परिणत गर्न भने सकेन। खेलको दोस्रो हाफमा पनि आकाशवाणीका खेलाडीहरूले गोल गर्ने प्रयास जारी राखे, तर उनीहरूको यो प्रयास सफल भएन। यो खेल खरसाङ जू 1-0 गोलले जितेर सेमिफाइनलमा आफ्नो स्थान पक्का गरेको छ।

अब आगामी 30 सेप्टेम्बरमा दुईवटा सेमिफाइनल खेलहरु हुनेछन्। प्रथममा ट्राफिक पुलिस गार्ड बनाम खरसाङ विद्युत विभाग बी अनि दोस्रो सेमिफाइनल एयर फोर्स बनाम खरसाङ जूमाझ हुनेछ।

हिन्दुस्थान समाचार / हनोक


 rajesh pande