खाद्य विषाक्तताको मामिलामा  कोक्राझार सीआईटीका विद्यार्थीहरूको विरोध प्रदर्शन
खाद्य विषाक्तताको मामिलामा  कोक्राझार सीआईटीका विद्यार्थीहरूको विरोध प्रदर्शन


कोक्राझार (असम),28 सेप्टेम्बर (हि.स.)। कोकराझारको सेन्ट्रल इन्स्टिच्युट अफ टेक्नोलोजी (सिआईटी)- को बालिका छात्रावासमा गत शनिवार राति कथित रूपमा खाद्य विषाक्तताको घटना घटेपछि विद्यार्थीहरूमा व्याप्क असन्तुष्टि देखिएको छ। यस घटनाको निष्पक्ष जाँच र न्यायको माग गर्दै विद्यार्थीहरूले आज विरोध प्रदर्शन गरे।

प्रदर्शनकारी विद्यार्थीहरूले छात्रावासमा पस्किइने भोजनको गुणस्तर र स्वच्छतालाई लिएर गम्भीर चिन्ता व्यक्त गरे। विद्यार्थीहरूले भने, घटनाको वास्तविक कारण पत्तो लगाउनको लागि निष्पक्ष र उचित अनुसन्धान हुन आवश्यक छ। उनीहरूले सम्बन्धित अधिकारीहरूसित भोजनको गुणस्तर जाँच गराउने तथा जाँचमा कुनै पनि किसिमको लापरबाही गरेको पाइए नियम अनुसार कारबाही गर्न माग गरे।

विद्यार्थीहरूले संस्थान प्रशासनसित छात्रावासको भोजनको गुणस्तर, स्वच्छता एवं सुरक्षा व्यवस्थामा सुधार ल्याउने माग गरेका छन्।

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande