
नयाँ दिल्ली, 28 सेप्टेम्बर (हि.स.)। दिल्ली विश्वविद्यालय (डीयू) ले मुखर्जी नगरमा गत 23 सेप्टेम्बरमा भएको कथित अश्लील कृत्य र पछ्याएको मामिलामा तीन जना एलएलबी विद्यार्थीहरूविरुद्ध कारबाही गऱ्यो। दिल्ली पुलिसले एफआईआर दर्ता गरेपछि दिल्ली विश्वविद्यालयले ल सेन्टर-2 का विद्यार्थीहरूलाई तत्काल प्रभावदेखि निलम्बन गरिदिएको छ।
विश्वविद्यालयले सोमबार जारी गरेको अधिसूचना अनुसारतीनै विद्यार्थीहरूलाई दिल्ली विश्वविद्यालय अधिनियम, 1922 को अध्यादेश एक्स भी-बीको खण्ड 3 (ई) अन्तर्गत उनीहरूको अध्ययन पाठ्यक्रमबाट निलम्बन गरिएको छ। साथै यी तीन जना विद्यार्थीहरूलाई दिल्ली विश्वविद्यालय परिसरमा प्रवेश गर्नदेखि पनि प्रतिबन्ध लगाइएको छ।
विश्वविद्यालयले बतायो, यो कारबाही सक्षम अख्तियारबाट स्वीकृति पाएपछि गरिएको हो। जारी गरिएको दस्तावेजलाई गोपनीय तथा अत्यावश्यकको रूपमा चिह्नित गरिएको छ। दस्तावेजको रेफरेन्स नम्बर पीसीटीओ/2026/1065 रहेको छ।
उल्लेखनीय छ, गत 23 सेप्टेम्बरको राति 9ः30 बजे मुखर्जी नगर क्षेत्रमा दुई जना छात्रासित कथित रूपमा अश्लील कृत्य र पछ्याएको घटना भएको थियोय़ यस सम्बन्धमा पुलिसले मुद्दा दर्ता गरेको छ।
घटनाको भिडियो पनि सार्वजनिक भएको छ। भिडियोमा कथित रूपमा एउटा एसयूभी महिला विद्यार्थीहरूको छेउमा आएर रोकिन्छ। त्यसपछि वाहनमा सवार मानिहरूले कथित रूपमा अशोभनीय टिप्पणी गरेको दाबी गरिएको छ।
--------
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा